नेभिगेसन मेनु

सार्वजनिक पोखरीमा कुनै संरचना नबनाउन अदालतको आदेश
सम्पादक:南亚网络电视
समय:2024-03-20 12:30

pokhari

चैत ७ गते । बाँकेको नरैनापुरस्थित सार्वजनिक पोखरीलाई संरक्षण नगरी अन्य पूर्वाधार निमार्ण गर्न थालेपछि उच्च अदालतले त्यहाँ कुनैपनि संरचना निमार्ण नगर्न तत्काल परमादेश जारी गरेको छ । पोखरी मासिँदै जान थालेपछि नरैनापुर–१ कटकुईया निवासी सूचना अभियन्ता अरुणकुमार तिवारीले सार्वजनिक सरोकारको विषय भन्दै जिल्ला प्रशासन कार्यालय र नरैनापुर गाउँपालिकाविरुद्ध उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा रिट दायर गर्नुभएको थियो ।

उच्च अदालतका न्यायधीश पुनमसिंह चन्दको एकल इजलासले मङ्गलबार विपक्षीको नाममा १५ दिनभित्र कारणसहितको लिखित जवाफ पेश गर्न परमादेश जारी गरेको छ । अदातलले उक्त पोखरीमा माटोलगायत अन्य सामग्री पटान नगर्नु, नगराउनु र कुनै पनि संरचना निमार्ण नगर्नु नगराउनु भनि विपक्षीको नाउँमा अन्तरिम आदेश जारी गरेको हो ।

सो मुद्दामा अधिवक्ता विश्वजित तिवारी, अधिवक्ता राकेशकुमार सोनी र पुनम श्रेष्ठले बहस गर्नुभएको थियो । नरैनापुर–६ कटकुईयामा कित्ता नं.२६५ को करिब १२ कठ्ठा बढी जग्गामा सार्वजनिक पोखरी रहेको छ । उक्त पोखरीको संरक्षण गर्न स्थानीय सरकारको दायित्व हो तर त्यसको संरक्षण नगरी पोखरीमा संरचना निर्माण गरी पोखरीलाई अस्तित्वबिहिन बनाउन थालेको भन्दै स्थानीयले समेत पोखरीको संरक्षण सम्बद्र्धन गर्न माग गरेका छन ।

परापूर्वकालदेखि रहेको पोखरीबाट त्यस क्षेत्रमा स्थानीयले स्वच्छ र स्वस्थ्य वातावरणको लाभ लिनुका साथै पोखरीको डिललाई बाटोको रुपमा प्रयोग गर्ने, पोखरीमा जम्मा भएको पानीले सिँचाइ गर्ने, गाई भैंसी, चराचुरुङ्गी, जङ्गली र घरेलु जनावरले पानी खाने लगायतको कार्यमा पोखरीको प्रयोग गर्दै आएका छन् ।

उक्त पोखरीको संरक्षण तथा सम्बद्र्धनको साटो उल्टै माटो पाटेर भौतिक पूर्वाधार निमार्ण गर्न थालेपछि स्थानीय आक्रोसित भएका हुन् । स्थानीय तहअन्तर्गत नरैनापुर गाउँपालिकाले त्यसको संरक्षण सम्बद्र्धनमा चासो नदिएको स्थानीय अधिवक्ता रामकुमार दिक्षीतको भनाइ छ । उहाँले ग्रामीण क्षेत्रमा रहेका ताल तलैया, पोखरीले किसानलाई सिँचाइ, आगलागी नियन्त्रण, स्वच्छ वातावरण लगायतलाई ठुलो मद्दत पु¥याउने भएकाले यस्ता जललाई संरक्षण गर्नुपर्ने बताउनुभयो ।

उक्त पोखरी चमर गढहीको नामले प्रसिद्ध रहेको छ । पोखरी संरक्षणविहीन अवस्थामा रहेकाले वर्षाको समयमा चारै तिरबाट पानीसँगै माटो पनि बगेर आउने गरेकाले उक्त पोखरी विस्तारै पुरिँदै गएको छ । वर्तमान जलवायु परिवर्तनको असरका कारण पानीका मुहानहरु सुक्दै गइरहेको अवस्थामा जङ्गल र कटकुईया गाउँको नजिक रहेको सो पोखरीले सुख्खा याममा जङ्गलभित्रका पानीका मुहानहरु सुकेपछि जङ्गली जनावर तथा घरपालुवा जनावरहरुले सोही पोखरीको पानी प्रयोग गर्दै आएका छन् ।

उक्त पोखरी मुलुकी देवानी संहिता २०७४ को दफा २९९  (घ), ३०० (१) (ख) बमोजिम सरकारी/सार्वजनिक सम्पत्ति भएकोले सो सम्पत्तिको संरक्षण गर्ने दायित्व मुलुकी देवानी संहिता २०७४ को दफा ३०४ (२) र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १२ (२) (ख) (३), दफा ९७ (१) (ग), स्थानीय प्रशासन ऐन २०२८ को दफा ९ (६ क)  बमोजिम विपक्षीहरु स्थानीय तह नरैनापुर गाउँपालिका र जिल्ला प्रशासन कार्यालयको भएकोले उक्त पोखरी संरक्षण गर्नका लागि अदालतमा मुद्दा दायर गरिएको अधिबक्ता विश्वजित तिवारीले बताउनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर