नेभिगेसन मेनु

नयाँ गठबन्धनको पहिलो काम, दलाई लामाको रोकियो आगमन
सम्पादक:南亚网络电视
समय:2024-03-05 15:21

Untitled_design_17_gfptt3qQpU

लुम्बिनी प्रदेश सरकारले लुम्बिनीमा आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय भेला स्थगन भएको छ । उक्त निर्णयपछि आगामी आइतबारसम्म आइसक्नुपर्ने पाहुनाहरुको उडान रोकिएको छ । यता, प्रदेश सरकारले पनि तयारीका सबै कार्यक्रम जस्तो अवस्थामा पुगेको छ,त्यस्तैमा रोकेको छ ।

आगामी शुक्रबारदेखि नेपाल आउन शुरु गर्ने पाहुना सबैको जारी भइसकेको बिजनेस क्लासको टिकट रद्द भएको छ । हवाई टिकट बन्दोबस्तको जिम्मेवारी लुम्बिनी प्रदेश सरकारकै थियो । ट्राभल्सले अन्तर्राष्ट्रिय र आन्तरिक हवाई टिकट,होटल प्रबन्धको व्यवस्थासमेत मिलाइसकेको थियो ।

सम्मेलनमा नोबल पुरस्कार विजेता नौ जनालाई आमन्त्रण गरिएको थियो । उनीहरुको घरदेखि लुम्बिनीसम्म आउजाउको खर्च यतैबाट व्यहोर्ने निर्णय भएको थियो । तर, सरकारले कार्यक्रम स्थगनको निर्णय गरेपछि हवाई टिकट र तयारीमा भएको लाखौंको खर्च बालुवामा पानी भएको छ ।

त्यसैलाई टेवा पुग्नेगरी सो दिनदेखि कार्यक्रम राखिएको र सशरीर नभए भर्चुअल रुपमै भए पनि दलाई लामाको सहभागिता गराउने मुख्यमन्त्री डिल्ली चौधरी र परराष्ट्र मन्त्री एनपी साउदको तयारी थियो । 

लुम्बिनीको विकासका लागि सम्मेलन आयोजना गर्न लागिएको भनिए पनि यसअघि उक्त कार्यक्रममा तिब्बतका निर्वासित धर्मगुरु दलाई लामालाई प्रमुख अतिथि बनाउन खोजिएको थियो । मार्च १० तारिखलाई तिब्बत मुक्ति दिवसको रुपमा  पृथकतावादीहरुले मनाउने गरेका छन् । त्यसैलाई टेवा पुग्नेगरी सो दिनदेखि कार्यक्रम राखिएको र सशरीर नभए भर्चुअल रुपमै भए पनि दलाई लामाको सहभागिता गराउने मुख्यमन्त्री डिल्ली चौधरी र परराष्ट्र मन्त्री एनपी साउदको तयारी थियो ।

सम्मेलनमा नोबल पुरस्कार विजेता भारतका कैलाश सत्यार्थीसहित टिमोर लेस्टेका राष्ट्रपति जोजे रामोस ओर्टालगायतलाई आमन्त्रण गरेर आउने सुनिश्चित गरिएको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर