नेभिगेसन मेनु

नेपालगन्जमा सामुदायिक बहुउद्देश्यीय भवन सञ्चालनमा
सम्पादक:南亚网络电视
समय:2024-03-06 15:04

ण

नेपालगन्ज, फागुन २३ गते । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० मा सामुदायिक बहुउद्देश्यीय भवन सञ्चालनमा आएको छ । महिला–पुरुष अपाङ्गमैत्री शौचालयसहित दुई ठुला कोठा र प्रशासनिक, नर्सिङ, स्टोर तथा १६ बेड र १६ अक्सिजन सिलिण्डरसहितको बहुउद्देश्यीय भवन सञ्चालनमा आएको हो ।

खानेपानी मन्त्रालयअन्तर्गत खानेपानी तथा ढल व्यवस्थापन विभागको मझौला र साना सहरहरुमा खानेपानी, सरसफाइ, स्वच्छता र स्वास्थ्य पहलहरुमार्फत कोभिड १९ रोकथाम र नियन्त्रण आयोजनाले निर्माण गरेको उक्त सामुदायिक बहुउद्देश्यीय भवन नेपालगन्ज उपमहानगरपालिकालाई हस्तान्तरण गरिएपछि सञ्चालनमा आएको हो ।

आयोजना व्यवस्थापन कार्यालयका प्रमुख रत्नप्रसाद लामिछानेले नेपालगन्जका प्रमुख  प्रशान्त विष्टलाई भवन सम्भार र सञ्चालन तथा व्यवस्थापनका लागि स्वामित्वपत्र हस्तान्तरण गर्नुभएको थियो ।

स्वामित्वपत्र बुझेलगत्तै सो नवनिर्मित भवनको नेपालगन्ज उपमहानगरका प्रमुख  विष्टले उद्घाटन गर्नुभएको छ ।

सो अवसरमा बोल्नुहुँदै उहाँले नेपालगन्ज उपमहानगरपालिकाले आफ्नो स्वामित्वमा रहेको भवन सञ्चालन र व्यवस्थापनका लागि प्रतिबद्ध भएर काम गर्ने बताउँदै यस भवनबाट स्थानीयहरुको स्वास्थ्य सेवामा सहज पहुँच पुग्ने अवस्था बनेको बताउनुभयो ।

उहाँले नेपालगन्जमा पहिलो पटक निर्माण गरिएको सामुदायिक बहुउद्देश्यीय भवनबाट धेरै विपन्न र अन्यले लाभ पाउने पनि बताउनुभयो ।

२०७९ जेठ १७ गते निर्माण सुरु भएको सो भवन गत पुस २८ मा तयार भएको थियोे । भवन तथा सामग्री लागत गरेर दुई करोड रुपियाँको लागतमा उक्त बहुउद्देश्यीय भवन बनेको जनाइएको छ ।

भवन निर्माण स्थलको कुल क्षेत्रफल १३२१ वर्ग मिटर रहेकोमा भवनले ओगटेको क्षेत्रफल भने ३२५ वर्गमिटर रहेको वडा नम्बर २० को कार्यालयले जनाएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर