नेभिगेसन मेनु

साढे एक किमी सडक नौ वर्षमा पनि बनेन
सम्पादक:南亚网络电视
समय:2024-03-04 12:51

trafic-chok-dang

फागुन २१ गते  । निर्माण व्यवसायीको चरम लापरबाहीका कारण सात वर्षअघि नै निर्माण सकिनुपर्ने कटुवाखोलादेखि नेत्रलाल अभागी चोकसम्मको सडक अझै पूरा हुन सकेको छैन । आर्थिक वर्ष २०७०/७१ मा कटुवाखोलादेखि सहिद नेत्रलाल अभागी चोक (सिटी प्लाजा) सम्मको एक हजार ४५० मिटर सडकमा स्तरोन्नतिसहित कालोपत्रे गर्नका लागि ११ करोड ६४ लाख १२ हजार ६५३ रुपियाँमा ठेक्का सम्झौता भएको थियो । 

उक्त सडक २०७२ असोज ३० गतेभित्र सक्नुपर्ने गरी २०७१ भदौ ११ गते कान्छाराम/शङ्कर माली कोटेश्वर काठमाडौँसँग सडक डिभिजन कार्यालय दाङले सम्झौता गरेको थियो तर निर्माण व्यवसायीको लापरबाहीका कारण सडकको काम पूरा हुन सकेको छैन । सडक निर्माणको काम समयमै नहुँदा सर्वसाधारणसँगै बजारमा व्यवसाय गर्ने व्यवसायीले सास्ती बेहोरिरहेका छन् ।  अलि अलि भएको निर्माणमा समेत खाल्टाखुल्टी परेका छन्  । जसका कारण सडकमा धुलो उड्ने र पानी जम्ने समस्या बढ्दै गएको स्थानीय नवीन जिसी बताउनुहुन्छ ।

सडक कार्यालयको सडक अलपत्र पारेर जनतालाई दुःख दिने निर्माण व्यवसायीलाई कारबाही गर्न नसकेको सुवेदीको गुनासो छ । सडकको काम पूरा नगरेको निर्माण कम्पनीले हालसम्म आठ करोड ४८ लाख १९ हजार २६६ रुपियाँ लगिसकेको जनाएको सडक कार्यालयले जनाएको छ । चार पटक म्याद थपिँदा पनि काम पूरा गर्न नसकेको निर्माण कम्पनीले अहिले फेरि काम गर्नका लागि ट्राफिक चोकमा सडकको कालोपत्रे उप्काएको छ तर त्यही काममा पनि ढिलाइ गरेको स्थानीयको गुनासो छ । 

सडक निर्माण ढिलासुस्ती भएको भन्दै व्यवसायी तथा स्थानीयले सडक डिभिजनमा ज्ञापनपत्र बुझाएर कार्यालयमा धर्ना दिएपछि ट्राफिक चोकमा केही भाग ढलानको काम गरिए पनि अझै पूरा हुन सकेको छैन । बाँकी ढलानको काम चैत मसान्तभित्र सक्ने निर्माण कम्पनीका प्रतिनिधि विवेक बस्नेत बताउनुहुन्छ । 

समयमै काम नगरेका कारण निर्माण कम्पनी एक करोड तीन लाख रुपियाँको जरिबानामा परिसकेको सडक डिभिजन दाङका प्रमुख इन्जिनियर गुरुप्रसाद अधिकारीले बताउनुभयो । कार्यालय प्रमुख अधिकारीले बताउनुभयो, “समयमै काम सम्पन्न नगरेकाले जरिबानामा परेको छ ।” उहाँका अनुसार निर्माण कम्पनीले २०७२ असोज ३० गते सक्नुपर्ने गरी सम्झौता गरेको उक्त सडक म्यादभित्र गर्न नसकेपछि २०७३ जेठ १५ गतेसम्म सक्ने गरी पहिलो पटक म्याद थपिएको थियो । त्यो समयमा काम सम्पन्न नगरेपछि दोस्रो पटक २०७३ चैत ३० गतेसम्म सक्ने गरी म्याद थप गरियो । त्यो अवधिमा पनि निर्माणको काम सम्पन्न भएन र तेस्रो पटक फेरि २०७४ कात्तिक ३० गतेसम्म सक्ने गरी फेरि म्याद थप गरियो । तेस्रो पटकसम्म पनि काम पूरा नगरेपछि २०७७ जेठ २३ गतेसम्म सक्ने गरी अन्तिम पटक म्याद थप भयो । 

म्याद थपे पनि काम नभएपछि सडक डिभिजन कार्यालयले २०७३ माघ २५ गतेदेखि २०८० साल फागुनसम्मै निर्माण कम्पनीलाई पत्र काट्दै काम गर्न ध्यानाकर्षण गराउँदै आएको भए पनि निर्माण व्यवसायीको लापरबाहीका कारण काम सम्पन्न हुन सकेको छैन । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर