नेभिगेसन मेनु

सेतो छडीले बदल्दै दृष्टिविहीनको जीवन
सम्पादक:南亚网络电视
समय:2024-03-12 12:42

dristi-bihin-bato-katdai

फागुन २९ गते । रुपन्देहीको सैनामैना नगरपालिका–९, बाँसगढीका रमेश घिमिरेलाई दृष्टिविहीन भएकै कारण घरबाट बाहिर जान समस्या भएको थियो । कतै बाहिर जानु परेमा उहाँलाई छिमेकी वा परिवार तथा साथीको सहारा चाहिन्थ्यो । घिमिरेजस्तै सैनामैना सालझन्डीका माधव कँडेलको पीडा पनि उहाँकोजस्तै थियो । उहाँ पनि दृष्टिविहीन हुनुहुन्छ । कहीँकतै बाहिर जानु परे उहाँलाई परिवार वा साथीभाइको सहारा लिनुपर्ने बाध्यता रहेको थियो । 

आफन्त, परिवार तथा घरभित्र हुने सामान्य काममा समेत उहाँहरूलाई सहभागी हुन समस्या रहेको थियो । पछिल्लो पटक दृष्टिविहीनका लागि आयोजना गरिएको तीनदिने सेतो छडी प्रयोगसम्बन्धी तालिमपछि भने रमेश र माधवजस्ता दृष्टिविहीनमा उत्साह सिर्जना भएको छ । अब सेतो छडीको माध्यमबाट उहाँहरूलाई हिँडडुल गर्न र बाटो काट्न सहज भएको छ । सैनामैनाको सालझन्डीमा आयोजित तीनदिने तालिम लिएपछि जीवनमा धेरै सहज भएको उहाँहरूको भनाइ छ । सो तालिममा दृष्टिविहीनलाई सेतो छडीको माध्यमबाट बाटो काट्न सडकमै लगेर प्रयोगात्मक अभ्यास गराइएको थियो । 

“तालिम लिएपछि अहिले सामान्य दैनिक क्रियाकलाप गर्न सहज भएको छ,” माधवले भन्नुभयो, “कतै जानु परे सेतो छडी सहारा बनेको छ । दृष्टिविहीनका लागि रुपन्देहीको सैनामैना–१० सालझन्डीमा आयोजित तीनदिने गमनशीलता तालिमपछि वितरण गरिएको सेतो छडीले उहाँहरूको जीवनमा परिवर्तन आएको छ ।”

सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले दृष्टिविहीनको जीवन वास्तवमै पीडादायक रहेको बताउँदै तालिमपछि वितरण गरिएको सेतो छडीले जीवनलाई सहज बनाउन सहयोग पुग्ने बताउनुभयो । राष्ट्रिय अपाङ्ग महासङ्घ लुम्बिनी प्रदेशका संयोजक हुमनाथ अधिकारीले तालिमबाट दृष्टिविहीनको दैनिक जीवनमा गर्नुपर्ने घरायसी काम तथा सडक यात्रामा सेतो छडी प्रयोग फलदायी भएको बताउनुभयो ।

लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गत सैनामैना नगरपालिकाको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । तीनदिने तालिम समापनको दिन प्रशिक्षार्थीलाई वितरण गरिएको सहायक सामग्री सेतो छडी प्रयोग गरी बाटो कसरी काट्ने भन्ने विषयमा सडकमा ल्याएरै अभ्यास गराइएको थियो । तालिममा ३५ जनालाई सहायक सामग्री छेतो छडी वितरण गरिएको हो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर