नेभिगेसन मेनु

अर्को ठूलो माछालाई अहिले अख्तियारमा उभ्याइँदै
सम्पादक:南亚网络电视
समय:2024-03-14 13:48

pp_ZuWF4A9Nmg

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी अन्ततः आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयानका लागि जाँदै छन् । उनलाई आयोगले अन्तिम बयानका लागि बिहान साढे १० बजे टंगालस्थित कार्यालयको ६ नम्बर पिल्लरमा उपस्थित हुन पत्र काटेको छ ।

आयोगले थालेको अनुसन्धानमा असहयोग गरेको भन्दै उनलाई कडा व्यहोराको पत्रसहित बयानका लागि बोलाइएको बुझिएको छ । पत्रको व्यहोरा उल्लेख गर्दै स्रोत भन्छ, ‘यसअघि पटक पटक माग गरिएका कागजात र विवरण उपलब्ध नगराएकाले आयोगमा बयानका लागि चैत १ गते बिहान साढे १० बजे हाजिर हुनु ।’

अधिकारी यसअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाका प्रमुख थिए । सबैभन्दा धेरै अनियमितता उनैबाट भएको बताइन्छ । आयोगले राष्ट्रिय गौरव आयोजना प्रमुखलाई पनि बयानका लागि बोलाएको बुझिएको छ ।

आयुक्त जयबहादुर चन्द र सुमित्रा अमात्यलाई अधिकारीले आफ्नै मान्छे भन्दै आएका थिए । अमात्य ०७४ सालतिर इञ्जिनियरिङ एसोसियसनको निर्वाचनमा उम्मेदवार भएको बेलामा प्रदिप महासचिवमा एमाले प्यानलबाट उठेका थिए । 

आयोगको ६ नम्बर पिल्लरका प्रमुख राजेशकुमार दास हुन् । सडक विभागका तत्कालीन हाकिम दास अधिकारीमाथि भइरहेको अनुसन्धानमा प्रमुख अधिकृत तोकिएका हुन् । अरु आयुक्तको भर नलागेपछि प्रमुख आयुक्त प्रेम राईले सोझै आफूले अनुसन्धानको निगरानी  गरिरहेको स्रोतको दावी छ ।

आयुक्त जयबहादुर चन्द र सुमित्रा अमात्यलाई अधिकारीले आफ्नै मान्छे भन्दै आएका थिए । अमात्य ०७४ सालतिर इञ्जिनियरिङ एसोसियसनको निर्वाचनमा उम्मेदवार भएको बेलामा प्रदिप महासचिवमा एमाले प्यानलबाट उठेका थिए ।  तर भेटघाटमा सुमित्रालाई दिदी भन्ने र उनको र चन्दको घरै जाने गरेकाले प्रमुख आयुक्तले अनुसन्धानमा भर पर्न नसकेपछि आफैँले हेरेको बताइन्छ ।

आयोगमा रहेका अन्य निजामती कर्मचारीलाई समेत अधिकारीले सजिलै प्रभावमा पार्न सक्ने आकलनपछि दासलाई अनुसन्धान अधिकृत तोकिएको हो । 

अनुसन्धान अधिकृत दासले यसअघि महानिर्देशक अधिकारीलाई लेखेको पत्रको जवाफका कारण पनि आयोगका अधिकारीहरु रुष्ट बनेको सहजै अनुमान गर्न सकिन्छ । दासको पत्रको जवाफमा अधिकारीले अरुकै थाप्लोमा दोष पन्छाउँदै लेखेका छन्, ‘पोखरा विमानस्थलको भूगोल कस्तो थियो,जमिन कस्तो थियो भन्ने कुनै पनि रिपोर्ट प्राधिकरणसँग छैन । चिनियाँ ठेकेदारले हामीलाई उपलब्ध गराएको देखिँदैन । सो सम्बन्धमा चिनियाँलाई के कारबाही गर्नुपर्ने हो, त्यहाँबाटै गर्नु ।’

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर