नेभिगेसन मेनु

फोहाेरमा आगो लगाएर प्रदूषण बढाउँदै घोडाघोडी नगरपालिका
सम्पादक:南亚网络电视
समय:2024-02-05 15:44

ण

कैलाली, माघ २२ गते । कैलालीको धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले फोहोरलाई मोहर बनाउने कार्यमा अगाडि बढिरहँदा अन्य पालिकाले भने फोहाेर व्यवस्थापनको नाममा दुर्घन्ध फौलाइरहेको स्थानीयले आरोप लगाएका छन् ।

यो साता घोडाघोडी नगरपालिकाले फोहाेर व्यवस्थापनका लागि सामुदायिक वनमा थुपारेको फोहाेरमा आगो लगाउँदा आसपासका बस्तीमा नराम्रो असर परेको छ । घोडाघोडी, लक्ष्मीपुर, हिम्मतपुर मुक्त कमैया बस्तीका स्थानीयले फोहाेरबाट निस्केको धुवाँले दुईतीन दिन सास फेर्न, आँखा हेर्न समस्या भएको गुनासो गरेका छन् ।

घोडाघोडी गाउँका सुरेश ढकालले फोहाेरमा लगाइएको आगोको धुवाँले आफूलाई साह्रै अप्ठ्यारो पारेको बताउनुभयो । उहाँले दिउँसोको समयमा प्रदूषित धुवाँ माथि माथि फैलिए पनि रातीको समयमा हावाको वेग कम हुहा धुवाँ चारैतिर फैलिदा गाउँबस्तीका बासिन्दालाई श्वाससप्रश्वासमा समस्या भएको बताउनुभयो ।

पहिला पनि जङ्गलमा थुपारेको फोहाेरमा लगाइएको आगोको धुवाँले समस्या भएपछि हिम्मतपुर मुक्त कमैया शिविरका स्थानीय नगरपालिकालाई समस्याका बारेमा उजागर गरेका थिए ।

सिविरका सीतारानी चौधरीले पटकपटक जानकारी गराउँदा पनि नगरपालिकाले सुनुवाइ नगरेको बताउनुभयो । उहाँले वडा नम्बर १ वागेश्वरी सामुदायिक वनमा फोहाेरको डम्पिङ साइडमा लगाइएको आगोको दुर्गन्धित धुवाँले तीन दिनसम्म समस्या गरेको बताउनुभयो । 

घोडाघोडी नगरपालिकाले टेण्डर प्रक्रियाबाट फोहाेर उठाउने जिम्मा दिएको छ । साँडेपानी, सुखड, पहलमानपुरबाट उठ्ने फोहाेरलाई सामुदायिक वनमा फाल्ने गरिएको छ । विभिन्न सामुदायिक वनसँगको सहमतिमा फोहाेर फाल्ने गरिएको जनप्रतिनिधिको भनाइ छ । 

धनगढी नगरपालिकाले जग्गा भाडामा लिएर जम्मा भएको फोहाेर वर्गीकरण गरेर व्यवस्थापनसँगै आम्दानी गर्दै गर्दा छिमेकी पालिकाले फोहाेर व्यवस्थापनका लागि विगतदेखिनै दीर्घकालिन योजना बनाउन सकेको छैन  ।

स्थानीय सागर ढकालले पटक पटक समस्याका बारेमा जनप्रतिनिधिलाई जानकारी गराउँदा पनि वास्ता नगरेको गुनासो गर्नुभयो । निर्वाचनका बेला जनताका पक्षमा काम गर्छौं भन्दै मत माग्ने जनप्रतिनिधिको हर्कतले स्थानीय  निराश बनेका छन् । 

घोडाघोडीमात्र होइन, लम्कीचुहा, गौरीगङ्गा नगरपालिकालगायत स्थानीय तहले सड्ने र नसड्ने फोहाेर एकै ठाउँमा सामुदायिक वनमा जम्मा गर्ने र आगो लगाउने गरेका छन् । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर