नेभिगेसन मेनु

कवि देवकोटाको स्मृतिग्रन्थ विमोचन
सम्पादक:南亚网络电视
लेखक:नयाँ पत्रिका
समय:2023-11-20 17:00

smirti-gratha-palpa

मङ्सिर ४ गते । नेपाली भाषाका विद्वान् कवि माधवप्रसाद देवकोटाको १२० औँ जन्मजयन्ती पाल्पाको तानसेनमा मनाइएको छ । सो अवसरमा माधव–दमयन्ती स्मृति प्रतिष्ठान पाल्पाले प्रकाशन गरेको कवि देवकोटाको स्मृतिग्रन्थ विमोचन गरिएको हो । 

तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले स्मृतिग्रन्थको विमोचन गर्नुभयो । देवकोटाको घर आफ्नै टोलमा भएकाले आफ्नै परिवारकै सदस्य रहन लाग्ने नगर प्रमुख श्रेष्ठले धारणा राख्नुभयो । देवकोटाको साहित्य, दर्शन, समाजसेवा, शिक्षा, प्राध्यापन क्षेत्रमा ठुलो योगदान रहेको चर्चा श्रेष्ठले गर्नुभयो । 

देवकोटाका विषयमा लेखिएका ५५ वटा रचना रहेको स्मृतिग्रन्थका विषयमा साहित्यकार टङ्क पन्थले समीक्षा र व्यक्तित्व परिचय साहित्यकार शङ्कर गैरेले गर्नुभएको थियो । सो अवसरमा वरिष्ठ साहित्यकार गोपीकृष्ण शर्मालाई सम्मान समेत गरिएको छ । 

कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै डा. पन्थले देवकोटाको बहुआयामिक पक्षलाई उठान गर्नुभयो । देवकोटाको परिचय गराउँदै डा. शङ्कर गैरेले देवकोटाको जीवनी, व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्नुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर