नेभिगेसन मेनु

खसीबोका बिक्रीबाट मनगे आम्दानी
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-10-18 13:53

Untitled-1-Recovered

कात्तिक १ गते । खसीबोका बिक्री गरेर पाल्पाको तीन वडाका तीन सहकारीले वार्षिक तीन करोड रुपियाँ आम्दानी गरेका छन् । जिल्लाको रम्भा गाउँपालिका–१, २ र ३ मा रहेका सहकारीले एक वर्षको अवधिमा तीन करोडको खसीबोका बिक्री गरेका हुन् । 

महिलाले नेतृत्व गरेको सहकारीबाट गत वर्ष दुई करोड २९ लाखको खसीबोका बिक्री भएको रम्भा गाउँपालिकाले जनाएको छ । रम्भा गाउँपालिका–२, फोक्सिङ्कोटको उपहार सामाजिक उद्यमी महिला सहकारीले एक करोड ८० लाख रुपियाँको खसीबोका बिक्री गरेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो । 

उहाँका अनुसार उपहार सहकारीले आव २०७९/८० मा एक हजार तीन सय खसीबोका बिv गरेको छ । रम्भाकै वडा नं. ३ को पिपलडाँडा सामाजिक उद्यमी महिला सहकारी संस्थाले गत आवमा ४९ लाख ५० हजार रुपियाँको खसीबोका बिक्री गरेको जनाएको छ । 

पछिल्लो समय महिला व्यावसायिक बाख्रापालनमा सक्रिय भएपछि गाउँमा आम्दानी भित्रिन सफल भएको पालिकाको भनाइ छ । वडा नं. १ हुँगीको रम्भादेवी साना किसान सहकारी संस्थाले गत वर्ष ३७ लाखभन्दा बढीको खसीबोका बिक्री गरेको जनाएको छ । यहाँका किसानले हुर्काएको खसीबोका जिल्लाभित्र र बाहिर बिक्री गरेको रम्भा गाउँपालिकाका पशु शाखा प्रमुख मीनबहादुर कार्कीले जानकारी दिनुभयो । रम्भाका सहकारीले अन्य बेलामा भन्दा दसैँतिहारकै बेलामा बढी खसीबोका बाहिर निर्यात गर्ने गरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “दसैँतिहारमा मात्रै रम्भाका तीन वटा सहकारीबाट डेढ करोडभन्दा बढीको खसीबोका बिक्री हुन्छ ।” गाउँपालिकाले उत्पादनका आधारमा अनुदान दिएपछि यहाँका महिला तथा अन्य बाख्रापालक किसान व्यावसायिक बाख्रापालनमा आकर्षित भएका हुन् । रम्भा गाउँपालिकाले खसीबोकाको मासुको प्रतिकिलो ५० रुपियाँ अनुदान दिएको छ । सहकारीलाई सङ्कलन र बिक्री खर्चबापत प्रतिकिलो दुई रुपियाँ र मसलन्द खर्चबापत वार्षिक १५ हजार रुपियाँ अनुदान दिएको पालिकाले जनाएको छ । 

उत्पादनका आधारमा दिएको अनुदानले किसानलाई समेत व्यावसायिक बाख्रापालनप्रति आकर्षित बनाएको कृषकले बताएका छन् । अनुदानबाहेक पालिकाले यहाँका किसानलाई आवश्यक पर्ने प्राविधिक, औषधीलगायत सहयोग गरेको पालिकाकी उपाध्यक्ष राधाकुमारी श्रेष्ठले बताउनुभयो ।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर