नेभिगेसन मेनु

१८ वर्षीया प्रतिभा बनिन् नगरप्रमुख
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-11-07 12:50

sfdjh

कक्षा १२ मा अध्ययनरत १८ वर्षीया प्रतिभा कुमारी सहनी विदेह नगरपालिकाको नगर प्रमुख बन्नु भएको छ । 

बालिकाहरूलाई सशक्तीकरण गर्ने उद्देश्यले प्लान इन्टरनेशनल नेपालको ‘गल्र्स टेक ओभर’ अर्थात् ‘बालिका तथा किशोरीलाई पद हस्तान्तरण’ कार्यक्रम अन्तर्गत सोमबार  प्रतिकात्मक रूपमा उहाँलाई विदेह नगरपालिकाको नगर प्रमुख बनाइएको हो । धनुषाको विदेह नगरपालिकाका नगर प्रमुख बेचन दासले  आफू बसेको कुर्सी खाली गरेर प्रतिभालाई नगर प्रमुख पदको जिम्मेवारी हस्तान्तरण गर्नुभएको थियो । 

नगर प्रमुखको पदभार ग्रहण गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रतिभाले जीवनमा नगर प्रमुख बन्छु भन्ने कुरा कहिले पनि आफूले नसोचेको र आज आफू नगर प्रमुखको कुर्सीमा बिरजमान भएपछि आफूलाई भाग्यमानी ठानेको बताउनु भयो । उहाँले आफू सुरु देखिनै शिक्षक बन्न रुचाएको बताउनु भएको थियो । केही बेरका नाटकीय अभ्यास गरी नगर प्रमुख बन्नुभएकी प्रतिभाले नगरपालिका कार्यालयमा उपस्थित कर्मचारीहरूसँग नगरपालिकाले गर्ने कामकाज, हाल सम्म नगरमा भएका कामकाज र आम नागरिकको समस्याका बारेमा जानकारी लिनु भएको थियो ।

उहाँलाई विदेह नगरपालिकाका कार्यकारी अधिकृत सञ्जीव साहले नगर प्रमुखको काम कर्तव्य र हाल सम्म नगरपालिकामा भएका विकास निमार्णको कामका बारेमा जानकारी गराउनु भएको थियो । केही बेरका लागि नगर प्रमुख भएका प्रतिभालाई विदेह नगरपालिकाका किशोरीहरूले शिक्षा र स्वास्थ्यको क्षेत्रमा नगरपालिकाका किशोरीहरूले भोग्दै आएको समस्याको बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा उठेका विषय वस्तुहरूको जवाफ दिँदै विदेह नगरपालिकाका नगर प्रमुख बेचन दासले नगरको स्वरूप फेरिने किसिमले कामकाज अगाडी बढाइएको बताउनु भयो । उहाँले प्राप्त १० करोड ७१ लाख रकम बजेट मध्ये चार करोड २० लाख बजेट शिक्षा क्षेत्रको लागि मात्रै छुट्ट्याएको बताउनु भयो । उहाँले यस आर्थिक वर्षमा कृषि विद्युतीकरणमा २ करोड रकम छुट्ट्याएको र अगामी दिनमा किसानलाई सिचाइको समस्या समाधान हुने बताउनु भयो ।

उहाँले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर कामकाज भइरहेको र नगरको ९ वटै वडामा स्वास्थ्य चौकी रहेको बताउनु भयो ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर