नेभिगेसन मेनु

चहलपहल छ, व्यापार छैन
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-10-20 12:52

Untitled-1 (10)

सुर्खेत, कात्तिक ३ गते । ठुला चाडबाड सुरु भएसँगै कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरका बजारमा चहलपहल बढेको छ । पछिल्लो केही दिनयता बजार क्षेत्रमा किनमेल गर्नेको भिड लाग्ने गरेको छ । अन्य समयको तुलनामा चाडबाडमा किनमेल गर्नेको सङ्ख्या बढी हुनाले व्यापार राम्रो हुने गरेको वीरेन्द्रनगरका व्यापारी धर्मदेव भट्टराईले बताउनुभयो । 

“चाडबाडमा मानिसको बजारमा ओहोरदोहोर बढेको छ, लत्ताकपडा तथा सामान किनमेल गर्ने हुनाले यो समयमा व्यापार राम्रै हुन्छ,” उहाँले भन्नुभयो तर गत वर्षको तुलनामा व्यापार घटेको उहाँको भनाइ छ । ५० प्रतिशतले व्यापार घटेको छ ।  

चाडबाडको समय सुरु भएकाले बजारमा भिडभाड बढेको वीरेन्द्रनगरकै अर्का व्यापारी घनश्याम गुप्ताले बताउनुभयो । गाउँसहरमा दसैँतिहारको रौनक छाएको छ । चाडबाडले घरबाट टाढा रहेका घर फिर्ती भएका छन् । चाडबाडको किनमेल सुरु भइसकेको छ । सुस्ताएको व्यापार चाडबाडले चलायमान बनाउने व्यापारीको विश्वास छ ।

बजारमा चहलपहल भए पनि व्यापार मन्द रहेको अर्का व्यापारी कृष्ण आचार्यले बताउनुभयो । “चाडबाड सुरु भइसक्दा पनि अझै व्यापार चलायमान हुन सकेको छैन, आर्थिक मन्दी छ,” उहाँले भन्नुभयो, “व्यापार खस्किँदै गएको छ ।” कोरोना महामारीपछि व्यापार व्यवसाय निकै धराशायी भएको उहाँको भनाइ छ । घरबाहिर रहेका आफू रहेको ठाउँमै चाडबाड मनाउन थालेपछि बजारमा चहलपहल घट्दै गएको छ । 

सबैभन्दा बढी व्यापारिक केन्द्र रहेको कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा समेत सोचे अनुसार व्यापार नभएको व्यापारी बताउँछन् । दसँैतिहार जस्ता चाडपर्व भित्रिएकाले बजारमा चहलपहल भने निकै छ । बिहानैदेखि वीरेन्द्रनगरका पसलमा किनमेल गर्ने घुइँचो देखिन्छ ।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर