नेभिगेसन मेनु

खलङ्गामा खसभाषाको चलचित्र ‘गोठ’ प्रदर्शन
सम्पादक:南亚网络电视
समय:2023-10-31 15:40

Jumla-khas-bahasac-goat-film-Photo-Netra-

जुम्ला, कात्तिक १४ गते । जुम्लामा खसभाषाको चलचित्र गोठ प्रदर्शन भएको छ । स्थानीय हास्यव्यङ्ग्य कलाकार गरिकुडाका जोडीको प्रस्तुतिमा खसभाषाको चलचित्र गोठ प्रदर्शन गरिएको हो । 

उद्योग वाणिज्य सङ्घको हलमा प्रदर्शन सुरु गरिएको उक्त चलचित्रको चन्दननाथ नगरपालिकाका नगरप्रमुख राजुसिंह कठायतले गर्नुभएको छ । उहाँले चलचित्रले एकातिर खस भाषाको संरक्षणमा जोड दिनुका साथै यहाँको सस्कृतिको विषयमा थप उजागर हुने बताउनुभयो । उहाँले स्थानीय सरकारले यस्ता प्रकारका कामलाई प्राथमिकता दिने प्रतिबद्धता जनाउनुभयो ।

स्थानीय कलाकार आयूष शाही कथा निर्देशनमा कलाकारहरु खसभाषामा टिकटकमा गरिकुडाबाट चर्चित जोडी विर्खबहादुर महत, लक्ष्मी खत्री, कलाकार यशोदा देवकोटा, स्वागत शाही, तुल्सी विश्वकर्मा, वसन्त विश्वकर्मा, सरगम शाही, मिमबहादुर शाही लगायतले चलचित्र गोठमा भाग लिएका छन् । 

चलचित्र गोठमा कर्णालीमा कुप्रथाकाे रुपमा रहेको छुईप्रथाले महिलाहरु गोठमा बस्न बाध्य हुने र त्यस कारणले महिलाहरु असुरक्षा भइरहने विषयललाई प्राथमिकतामा राखिएको छ ।

जुम्लामा दुई चलचित्र प्रदर्शनपछि कालिकोटमा देखाउने तयारी भइरहेको कलाकार विर्खबहादुर महतले जानकारी दिनुभयो । उहाँका अनुसार छाउपडीको अवधिमा गोठमा बस्न बाध्य महिलाहरुको समय समयमा बलात्कार हुने, सर्पले डस्ने, बालबिवाह हुने घटना बढिरहेकाले सचेतना दिन गोठ चलचित्र आएको हो ।

कर्णालीका बस्तीमा घरको तल्लो तलामा गोरु, गाई राख्ने  र माथिल्लो तलामा मान्छे बस्ने चलन छ । गाई बस्ने स्थानलाई गोठ पनि भनिन्छ । महिनावारी भएको समयमा गोठमा बस्ने कारणले विभिन्न स्वास्थ्यमा समस्या भइरहेका छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर