नेभिगेसन मेनु

कालिकोटमा ट्याक्टर दुर्घटना एकको मृत्यु
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-10-30 16:53

zasdfgb

कात्तिक १३ गते । कालिकोटको पलाँता गाउँपालिका वडा नं २ राडुनेटामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी वडा नं २ का वर्ष ६५ का शिवचन्द्र न्यौपानेको मृत्यु भएको हो । 

स्थानीय जलसा बुढाले बिहानै वडा नं २ राडुनेटा बजारबाट आफ्नो घर खाँडा गाउँ जाने क्रममा शिवचन्द्रको ट्र्याक्टर दुर्घटनामा परेर मृत्यु भएको जानकारी दिनुभयो । 

चालक असिन न्यौपाने घाइते हुनुभएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटले इलाका प्रहरी चौकी थिर्पुबाट घटनास्थलतर्फ प्रहरी गइरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी प्रहरी निरीक्षक यज्ञराज जोशीले घटना भएको जानकारी पाएपछि प्रहरी त्यसतर्फ गइरहेको र थप विवरण आउन बाँकी रहेको बताउनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर