नेभिगेसन मेनु

‘विषम मौसमले प्रतिघण्टा २ अर्ब १३ करोड नोक्सानी’
सम्पादक:南亚网络电视
लेखक:नागरिक दैनिक
समय:2023-10-16 17:04

1697417115_flood-1200x560

विश्वमा जलवायु परिवर्तनका कारण हुने विषम मौसमी घटनाका कारण प्रतिघण्टा २ अर्ब १३ करोड रूपैयाँ (एक करोड ६० लाख अमेरिकी डलर) नोक्सानी भइरहेको पाइएको छ । प्रत्यक्ष मानवीय कारणले पृथ्वीको सरदार तापमानमा भएको वृुद्धिका कारण विश्वले खेप्नुपरेको नोक्सानीको यो पहिलो आँकलन हो ।  

सन् २००० देखि २०१९ सम्म २० वर्षको अवधिमा आएका भीषण हुरी, बाढी र तातो हावाका कारण यति ठुलो मात्रामा नोक्सानी भइरहेको वैज्ञानिक अध्ययनले देखाएको छ । एक्स्ट्रिम इभेन्ट एट्रिब्युसन (इइए) नामक विधिबाट गरिएको यो समीक्षात्मक अध्ययनमा मानवजन्य हरितगृह ग्यास उत्सर्जनले विषम मौसमी घटनालाई कसरी प्रभाव पारेका छन् र यसको सामाजिक तथा आर्थिक मूल्य कति छ भनेर हिसाब गरिएको थियो ।

‘क्लाइमेट मोडलिङ टुल्स’मार्फत विशिष्ट परिस्थिति र विशेषतालाई केन्द्रमा राखेर यो विधिले मानवीय कारणले सिर्जित जलवायु परिवर्तनका कारण विषम मौसमी घटना घट्ने सम्भावना र तिनको तीव्रताको अन्तरसम्बन्धलाई सूक्ष्म ढंगले समीक्षा गरिएको थियो । पछिल्ला वर्षमा लोकप्रिय हँुदै आएको यो विधिको प्रयोगमार्फत पहिलोपटक सन् २००३ मा फ्रान्समा आएको तातो हावाले भएको मृत्युले गरेको नोक्सानीको आकलन गरिएको थियो । ‘हाम्रो अध्ययनले जलवायु परिवर्तनलाई कारक मानिएका घटनाले प्रतिवर्ष सरदरमा १४३ अर्ब अमेरिकी डलर नोक्सानी भएको देखाएको छ । यी घटनामध्ये मानवीय क्षतिको कारण भएको नोक्सानीको हिस्सा झन्डै दुई तिहाइ (६३ प्रतिशत) रहेको छ,’ अध्ययन प्रतिवेदनमा वैज्ञानिकले भनेका छन् ।  

कुल नोक्सानीमध्ये सम्पत्ति र अन्य वस्तुहरूको क्षतिको हिस्सा एकतिहाइ रहेको छ । समग्र नोक्सानीमध्ये सामुद्रिक आँधी र चक्रवातले सबैभन्दा बढी अर्थात् झन्डै दुई तिहाइ नोक्सानी गरेको छ भने त्यसपछि १६ प्रतिशत तातो हावा र १० प्रतिशत बाढी एवं अनिकालले गरेको अध्ययनमा उल्लेख छ ।  

सन् २००० देखि २०१९ सम्मका हरेक वर्षको नोक्सानीको स्तर फरकफरक रहे पनि सरदरमा बर्सेनि १४३ अर्ब अमेरिकी डलरको नोक्सानी भइरहेको अध्ययनको निष्कर्ष छ । सन् २०२२ मा सर्वाधिक २८० अर्ब अमेरिकी डलर नोक्सानी भएको थियो । न्यून आय भएका राष्ट्रहरूमा तथ्यांकको अभाव हुने भएकाले यो नोक्सानी अझै बढी हुन सक्ने उनीहरूको आकलन छ ।  

जलवायु परिवर्तनका कारण बालीनालीको उत्पादनमा आएको ह्रास र समुद्री सतहमा भएको वृद्धिले गरेको नोक्सानीको मूल्यलाई यो अध्ययनमा समेटिएको छैन । अध्ययनमा जलवायु संकटले निम्त्याएको विषम मौसमी घट्नाका कारण पछिल्लो दुई दशकमा एक अर्ब दुई करोड मानिस प्रभावित भएको उल्लेख गरिएको छ ।  संयुक्त राष्ट्र संघीय विश्व मौसम संगठनको अन्तर्राष्ट्रिय विपद् तथ्यांकका अनुसार सन् १९७० को दशकको तुलनामा यस्ता विपद्ले गर्ने नोक्सानीमा सात गुणाले बढोत्तरी भएको छ । पछिल्ला वर्षमा न्यून आय भएका राष्ट्रले पनि विपद्ले गर्ने नोक्सानीको रिपोर्टिङ गर्न थालेकाले नोक्सानी बढेको देखिए पनि जनसंख्या वृद्धि र आन्तरिक बसाइसराइँका कारण अत्यधिक मानिस सहर र सामुद्रिक तटमा केन्द्रित रहेका छन् ।  

तथ्यांकमा समावेश गरिएका एक सय ८५ घटनामा ६० हजार नौ सय ५१ सर्वसाधारणको मृत्यु जलवायु परिवर्तनका कारण भएको देखिएको थियो । सन् २०२२ मा सम्पन्न राष्ट्र संघीय जलवायु सम्मेलन (कोप–२७) ले हानि–नोक्सानी कोष स्थापना गर्ने निर्णय गरेको सन्दर्भमा यो आकलनले गरिब राष्ट्रलाई विपदबाट पार पाउन आवश्यक पर्ने रकमको आँकडा उपलब्ध गराउन सहयोग गर्ने अनुसन्धानकर्ताको तर्क छ ।  

विश्वमा विषम मौसमका कारण कति मानिसको मृत्यु भएको छ र कति आर्थिक नोक्सानी भएको छ भन्नेमा तथ्यांक उपलब्ध नभएको चर्चा गर्दे अध्ययनमा सहभागी न्युजिल्यान्डको विलिङ्टनस्थित भिक्टोरिया विश्वविद्यालयका अनुसन्धानकर्ता प्राध्यापक इलान नोय र सहकर्मी रेवेका न्युम्यानले भनेका छन्, ‘यो अध्ययन नतिजाले हरेक विपदको मूल्य तत्काल निर्धारण गर्न र सहायता रकमको शीघ्र प्रवाह गर्न सहयोग पुग्नेछ ।’

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर