नेभिगेसन मेनु

अग्रिम टिकट काट्नेहरूको भीड (फोटो फिचर)
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-10-09 13:55

4_29

काठमाडौँ, असोज २२ गते । दसैँ तिहार र छठका लागि आ–आफ्नो घर जानेहरू अग्रिम रूपमा बसको टिकट काट्न नयाँ बसपार्कमा भीड लागेका छन् । व्यवसायीहरूले यात्रुको सहजताका लागि आज (सोमबार) देखि अग्रिम रूपमा लामो दूरीमा चल्ने बसको टिकट खुला गरेसँगै यात्रुहरू टिकट काट्नका लागि भीड लागेको पाइएको छ ।

विभिन्न कामले अस्थायी तथा स्थायी रूपमा काठमाडौँ उपत्यकामा बसोबास गर्ने गरे पनि हिन्दुधर्मालम्वीहरु दसैँमा ठूलाबडाको आशीर्वाद थाप्न घर फर्कने गर्छन् ।

सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ असोज २२ गतेबाट खुला भएको छ। दसैँतिहार र छठ पर्वका लागि लामो तथा छोटो दूरीका सवारीको अग्रिम टिकट बुकिङ खुला भएको हो। यातायात व्यवस्था विभागमा शुक्रबार बसेको ट्राफिक प्रहरी, विभागका कर्मचारी, यातायात व्यवसायीको संयुक्त बैठकले असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर