नेभिगेसन मेनु

नेपाली सेनाको हेलिकोप्टरबाट वृद्धको उद्धार
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-09-26 15:35

380783862_173229865821210_1107276939438805966_n

सुलिकोट, असोज ९ गते । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका– २ स्यो छेवाङ दोर्जे वृद्ध भत्ता लिन जाँदा भिरबाट लडेर अचेत अवस्थामा पुगेपछि नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरेको छ ।

सोमबार भीरबाट लडेर दोर्जेको टाउको, मुख, कान, नाकतिर चोट लागेको थियो । उहाँलाई मङ्गलबार बिहान नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको गोरखा–१ सांसद राजेन्द्र बजगाईले जानकारी दिनुभयो ।

७६ वर्षीय दोर्जेको तत्काल उद्धार गर्न खोज्दा गृह मन्त्रालयबाट अनुमति लिनुपर्ने भएकाले उद्धार गर्न केही समय लागेको उहाँले बताउनुभयो । गोरखाका उत्तरी क्षेत्र मनास्लु संरक्षण क्षेत्र भएकाले यस क्षेत्रलाई सरकारले निषेधित क्षेत्र घोषणा गरेको छ ।

यस क्षेत्रमा गृह मन्त्रालयको अनुमति नलिई तत्कालै हेलिकोप्टर उडाउन नपाइने अवस्था रहँदै आएको छ । निषेधित क्षेत्र खुला गर्न पटक–पटक गोरखाका जनप्रतिनिधिले ताकेता गर्दा पनि सुनुवाइ नभएको चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाले बताउनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर