नेभिगेसन मेनु

विधेयक ल्याउँदा छलफल नगरी ल्याएका कारण समस्या: सभामुख घिमिरे
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-09-26 14:11

dfjn

दमक, असोज ९ गते । सरकारले संसदमा विभिन्न विधेयकहरू ल्याउँदा पर्याप्त छलफल नगरी ल्याउने गरेको पाएको जनाउँदै यसले आफू चिन्तित बनेको सभामुख देवराज घिमिरेले बताउनुभएको छ । सरकारले विधेयकको मस्यौदा तयार पार्दा विज्ञ तथा सम्बन्धित क्षेत्रका सरोकारवालाहरूसँग छलफलै नगरी ल्याउन गरेको यो ९ महिनाको अवधिमा मैले महसुस गरेको छु, घिमिरेले भन्नुभयो ।

सोमबार साँझ गृह जिल्ला झापा आउनुभएका सभामुख घिमिरेले बिर्तामोडमा रहेको आफ्नो संसदीय सम्पर्क कार्यालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताउनुभएको हो । अहिले ‘शिक्षा विधेयक’ को विषयमा भइरहेको विरोध तथा आन्दोलन यसैको उपज भएको बताउनुभएको छ । 

सरोकारवालाहरूले बुझाएको ज्ञापन पत्र र उहाँहरूको कुरा सुन्दा सरोकारवालाहरुसँग यो विषयमा छलफल नै भएको देखिँदैन, उहाँले भन्नुभयो । शिक्षा क्षेत्रका विभिन्न सरोकारवाला सङ्घ–संस्थाका प्रतिनिधिसँग आफूले छलफल गरेको उहाँले बताउनुभयो । विधेयक तथा ऐनको मस्यौदा बनाउनु अघि सम्बन्धित सरोकारवालासँग गहन छलफल र बहस आवश्यक छ, उहाँको जोड थियो ।

अब संसदमा टेबुल भएका सबै विधेयकमा म गहिरो छलफल गराउनुपर्छ भन्नेमा छु, घिमिरेले भन्नुभयो । सरकारले सांसदलाई बिजनेस दिनु अघि विचार पुर्‍याएर काम गर्नुपर्छ, उहाँको भनाइ थियो । संसदमा टेबुल भएका सबै विधेयकहरूको विषयमा गहन छलफल हुने आफूले विश्वास दिलाउने उहाँले जनाउनुभएको छ ।

उहाँले बारम्बार हुने गरेको संसद् अवरोधले पनि आफूलाई चिन्तित बनाएको बताउनुभएको छ । असोज १४ गतेका लागि संसद् बैठकको मिति तोकिएकोले यो संसद् अवरोध नहोस् भन्ने मेरो चाहना छ, उहाँले भन्नुभयो । संसदमा रहेका विधेयकहरूलाई घनीभूत छलफल गराउने मेरो कोसिस भइरहेको छ, उहाँले स्पष्ट पार्नुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर