नेभिगेसन मेनु

गैँडाको आक्रमणमा महिलाको मृत्यु
सम्पादक:南亚网络电视
समय:2023-09-15 18:58

0

धनगढी, भदौ २९ गते । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडाले आज एक महिलाको ज्यान लिएको छ । निकुञ्जको कोर एरिया कालीकिच ताल क्षेत्रमा गैँडाको आक्रमणबाट बेलडाँडी नगरपालिका–२ की ४६ वर्षीया बेलमति बुढाको ज्यान गएको हो । 

उनीसँगै गएका दुई जना महिलाले भने रुखमा चढेर ज्यान जोगाएका छन् । उनीहरूलाई रुखमा चढेको अवस्थामा निकुञ्जको गस्ती टोलीले फेला पारेको सहायक संरक्षण अधिकृत एवम् सूचना अधिकारी मनोज ऐरले जानकारी दिनुभयो । 

महिला के कति कारणले निकुञ्ज प्रवेश गरेर कोर एरिया पुगेको भन्ने विषयमा सोधपुछ भइरहेको उहाँले बताउनुभयो । महिलाहरू सम्भवतः च्याउ खोज्नका लागि अनधिकृत रूपमा निकुञ्ज पसेको हुनसक्ने बताइएको छ । 

शुक्लाफाँटा निकुञ्जको लालपानी र कालीकिच ताल क्षेत्रमा सबैभन्दा बढी गैँडाको बस्ने गरेका छन् । यो निकुञ्जमा गैँडाको आक्रमणबाट पहिलो पटक मान्छेको ज्यान गएको निकुञ्ज कार्यालयले जनाएको छ । २०२१ को राष्ट्रिय गणनाअनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७ वटा गैँडा छन् ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर