नेभिगेसन मेनु

वर्षाले पनि रोकिएन गौरा खेल (फोटो फिचर )
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-08-25 12:28

Gaura-photi--(7)

धनगढी, भदौ ८ गते । सुदूरपश्चिम  प्रदेशको प्रसिद्ध गौरा पर्व वर्षा भइरहँदा पनि चम्किएको छ।  धनगढी उपमहानगरपालिका परिसरमा महिलाका दुईवटा र पुरुषको एउटा देउडा खेल चलिरहेका छन्। घरी ठुलो घरी सानो पानी परिरहँदा पनि देउडा खेल्ने र हेर्न दर्शकको कमी भएको छैन। 

आज दर्बाष्टमीको दिन पूजा आराधना सकेर देउडा खेलमा महिला ,पुरुषहरू रमाइरहेका छन्। हिजो गौरादेवीमा चढाएको दुबोधागो आज महिलाहरूले धारण गर्ने गर्दछन्। पुरुषहरूले जनै धारण गरेजस्तै पश्चिम नेपालमा महिलाहरूले दुबोधागो धारण गर्ने गर्दछन्। 

गौराघरबाट गौरालाई सिङारेर गौराखलामा लग्ने गरिन्छ। सोही अवसरमा महिलाहरूले सामूहिक अठ्यावाली गाउँदै पूजा गर्ने चलन रही आएको छ। 

सुदूरपश्चिम क्षेत्रमा गौराको उत्पत्ति, महेश्वरसँगको विवाह लगायतका प्रसङ्ग व्रतालु महिलाले फागमार्फत नै भन्ने गरेका छन्। व्रतालु महिलाहरूले गौराको पूजा गरिसकेपछि मुख्य प्रसादको रूपमा रहेको बिरुँडाले आफ्ना श्रीमान्, छोराछोरी र आफन्तजनको चिरायु दीर्घायुको कामना गर्दै टाउको पुज्ने चलन छ।

पुरुषहरूले ठाँडोखेल, ढिस्को धमारी लगायतका ऐतिहासिक संस्कृतिमा आधारित खेलहरू खेल्ने गर्दछन्। महिलाले आफ्नो अटल सौभाग्य समृद्धि सन्तान र परिवारमा सुख शान्तिका लागि व्रत बसी पूजाआजा गर्ने गर्छन्। 

सुदूरपश्चिमका अधिकांश क्षेत्रमा  भदौ ४ गतेदेखि गौरा सुरु भइसकेको छ भने केही स्थानमा भदौ १८ गतेदेखि गौरा मनाउने तयारी भइरहेको छ। नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भने गत पुस २५ गते नै भदौ ७ गते गौरा पर्व मनाउने गरेर स्वीकृति दिएको थियो। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर