नेभिगेसन मेनु

हतियार र गोली गट्ठासहित चार जना पक्राउ
सम्पादक:南亚网络电视
समय:2023-08-31 14:52

SDGASD

धनगढी, भदौ १४ गते । कैलाली प्रहरीले हतियार र त्यसको गोली गट्ठासहित चार जनालाई पक्राउ गरेको छ । 

गस्तीमा खटिएको प्रहरी टोलीले लम्कीचुहा नगरपालिका–१ भरुवाबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा अर्जुन विक, रामचन्द्र चौधरी, नरेश डङ्गौरा र सचिन चौधरी रहेका छन् । कुन्तीखेत जाने बाटो छेउमा बसिरहेको अवस्थाबाट उनीहरूलाई प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिनुभयो । 

उहाँका अनुसार उनीहरूको साथबाट प्वाइन्ट २२ हर्नेट (बन्दुक) एक नाल, त्यसको म्याग्जिन एक थान, गोली १५ राउन्ड र पाँच ग्राम बारुद बरामद गरिएको छ । उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको बस्यालले जानकारी दिनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर