नेभिगेसन मेनु

विमानस्थलमा भन्सारका कर्मचारीको आन्दोलन- आज भन्सार जाँचपास बन्द
सम्पादक:南亚网络电视
लेखक:नेपाल प्रेस
समय:2023-09-11 17:36

TIA

काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका कर्मचारीले सेवा ठप्प पारेका छन् । सोमबार भन्सार जाँचपाससमेत बन्द गरिएको छ ।

६० किलो सुन बरामदको घटनापश्चात विभिन्न निकायबाट गरिएका अनुसन्धान तथा छानबिनको बहानामा विभिन्न निकायहरूबाट आफूहरूलाई विनाकारण दु:ख दिने तथा मानसिकरूपमा क्षतविक्षत् बनाएकाले कार्यालयमा रही कामकाज गर्न कठिनाई महसुस भएको भन्दै उनीहरूले हिजोदेखि ५ बुँदे माग राखेर आन्दोलन घोषणा गरेका छन् ।

सीआईबीले अहिलेसम्म भन्सारका ६ जना कर्मचारीलाई पक्राउ गरेको छ । काम गर्ने मनोविज्ञान तथा वातावरण नभएको भन्दै भदौ १२ गते १३७ कर्मचारीले सामूहिक सरुवा मागेका थिए । उक्त माग सुनुवाइ नभएको भन्दै कर्मचारीहरूले हिजोदेखि आन्दोलन थालेका हुन् ।

भन्सार कर्मचारीको आन्दोलनका कार्यक्रममा पेन डाउनदेखि, निकासी पैठारी र यात्रु जाँचपाससमेत बन्द गर्नेसम्मको छ । हिजो सांकेतिक विरोधस्वरूप ३ घण्टा पेन डाउन गरिएको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर