नेभिगेसन मेनु

‘लुम्बिनी गुरुयोजनाको काम पूरा हुन्छ’
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-09-08 12:01

Untitled-1 (1)

भैरहवा, भदौ २२ गते । लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाले लुम्बिनी आउने पर्यटकको बसाइ लम्ब्याउन देवदह, तिलौराकोट, रामग्राम र कुदानमा विहार बनाउने बताउनुभएको छ । 

पत्रकारसँगको अन्तव्रिर्mयामा बिहीबार उपाध्यक्ष लामाले लुम्बिनी गुरुयोजना पूरा गरेर छाड्ने स्पष्ट पार्नुभयो । आफ्नै कार्यकालमा गुरुयोजना पूरा गर्ने गरी काम थालेको बताउनुभयो । उहाँले भन्नुभयो, “लुम्बिनी गुरुयोजनाको काममा ढिला भएको छ । यसलाई जसरी पनि पूरा गर्नुपर्ने छ । मेरै कार्यकालमा यो पूरा गर्ने गरी काम थालिएको छ ।” 

त्यसका लागि आफूले निरन्तर अनुगमन गरिरहेकोसमेत बताउनुभयो । 

लामाले लुम्बिनीसँग जोडिएका कपिलवस्तुको तिलौराकोट, नवलपरासीको रामग्राम र रुपन्देहीको देवदह क्षेत्रको एकीकृत विकासका लागि आफूले सम्बन्धित क्षेत्रका सरोकारवालासँग सहकार्य र छलफल गरी अघि बढ्ने बताउनुभयो । 

उहाँले भनुभयो, “लुम्बिनीको एकीकृत विकास भए मात्र यहाँको पर्यटकीय क्षेत्रले फड्को मार्छ, एक ठाउँको मात्र विकास भएर हुँदैन ।” कोषभित्रका विहारले विदेशी पाहुना राख्दा होटेल व्यवसायी मर्कामा परेको गुनासो आएको भन्दै उहाँले तिनीहरूलाई पनि करको दायरामा ल्याउनुपर्ने बताउनुभयो । कोषका कर्मचारीमा काम नगर्ने प्रवृत्ति हाबी हुँदा लुम्बिनी गुरुयोजना समयमै पूरा हुन नसकेको र यहाँको विकास पछाडि परेको लामाको आरोप छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर