बाजुरा, भदौ १७ गते । बाजुरामा चट्याङमा परी एक जना बालिकाको मृत्यु भएको छ ।
बडिमालिका नगरपालिका वडा नम्बर ६ कोर्धका तुले रावलकी १२ वर्षीया छोरी प्रमीला रावलको शनिवार राती चट्याङमा परी मृत्यु भएको हो । राती १२ बजे हावाहुरी र वर्षासँगै परेको चट्याङले प्रमीला रावलको मृत्यु भएको स्थानीय मन रावलले बताउनुभयो ।
उहाँका अनुसार चट्याङमा परी एक भैँसी, एक पाडो र एक गोरु समेत मरेका छन् ।