नेभिगेसन मेनु

स्पष्ट योजना अभावमा बालविवाहका घटना बढ्दो
सम्पादक:南亚网络电视
लेखक:गोर्खापत्र
समय:2023-08-10 12:43

students

जिल्लाका स्थानीय तहले बालविवाह न्यूनीकरणका लागि अहिलेसम्म रणनीतिक योजना नबनाएको पाइएको छ । जिल्लामा बालविवाहविरुद्धको साझा अभियान बनाउने भनिए पनि स्थानीय सरकारसँग रणनीतिक योजना नहुँदा दिनप्रतिदिन बालविवाह बढ्दै गएको हो ।

छायाँनाथ रारा नगरपालिकास्थित दुधे आधारभूत विद्यालयका प्रधानाध्यापक जानबहादुर मल्लले ग्रामीण समुदायका बस्तीमा गरिबी र अशिक्षाका कारणले किशोरी अवस्थाका छ–सात कक्षामा पढ्दा नै बिहे गरेर जाने प्रचलन रहेको बताउनुभयो । विद्यालयले यस विषयमा सचेत गराउन खोजेको भए पनि विद्यार्थीलाई अभिभावकले बचाउ गर्दा केही गर्न नसकिएको उहाँको भनाइ छ ।

प्रहरी, प्रशासन, स्थानीय तहले बालविवाह रोक्नका लागि आवश्यक पहल नगरेको र समुदायको सक्रियता नहुँदा बालविवाह नरोकिएको उहाँको भनाइ छ । छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णु कुमारभामले आफ्नै कार्यकालमा छायानाथ रारा नगरपालिकामा बालविवाहमुक्त नगरपालिका घोषणा गर्नेगरी नगरपालिकाले आगामी आर्थिक वर्षमा कार्ययोजना बनाउने बताउनुभयो । 

बालविवाह न्यूनीकरणका लागि साझा अभियान मुगुका संयोजक सन्तोषकुमार मल्लले जिल्लाका पालिकाले बालविवाह न्यूनीकरणका लागि चेतनामूलक कार्यक्रम समुदायमा लागू गर्नुपर्ने बताउनुभयो । 

सोरूँ गाउँ पालिकाका उपाध्यक्ष केसर शाहीले बालविवाह न्यूनीकरणका लागि विद्यालयस्तरमा कार्यक्रम सञ्चालन गर्ने उद्देश्य रहेको बताउनुभयो । जिल्ला अस्पताल मुगुकी डाक्टर मिना हमालले जिल्लामा किशोरी अवस्थामै विवाह गर्दा जिल्ला अस्पतालमा १५ वर्षैकै उमेरमा बच्चा जन्माउनेको सङ्ख्या ५०९ पुगेको बताउनुभयो । 

जिल्ला प्रहरी कार्यालय मुगुको तथ्यांकअनुसार जिल्ला प्रहरी कार्यालयको पहलमा १०० वटा बालविवाहका घटना रोकिएको देखिन्छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक उमेश थापाले जिल्ला प्रहरी कार्यालय मुगुले जिल्लाका चार वटै स्थानीय तहसँग सहकार्य गरी बालविवाह न्यूनीकरणका कार्यक्रम वडास्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सहकार्य गरेको बताउनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर