नेभिगेसन मेनु

जाजरकोट–जुम्ला सुरुङ मार्ग अध्ययनमा अवरोध
सम्पादक:南亚网络电视
समय:2023-07-27 13:31

Untitled-1-Recovered

लगातारको वर्षाले सडक अवरुद्ध हुँदा जाजरकोट–जुम्ला जोड्ने सुरुङ मार्ग अध्ययनमा अवरोध भएको छ । इटीको–टिएमएस रेज जेभीले सुरुङ मार्ग अध्ययन गरिरहेको छ ।

प्रस्तावित सुरुङ मार्गले जाजरकोटको कुसे गाउँपालिका–८, साङ्टादेखि जुम्लाको तातोपानी गाउँपालिका–८, इमिल्चाघारी जोड्ने छ । पहिलो चरणको अध्ययन भइरहँदा पहिरोले अवरोध भएको हो । टिएमएस रेज जेभीका प्रमुख राजीव झाका अनुसार बाटोको अवरोधका कारण स्थलगत काम गर्न नसकिएको हो । अहिले कागजी काम कार्यालयबाटै भइरहेका छन् । आधा काम प्राविधिक टोलीले फिल्डमा र आधा काम कार्यालयमै गर्नुपर्ने अवस्था छ । 

बाटोको अवरोध खुल्नेबित्तिकै फिल्डमा पुगेर अध्ययनको काम अघि बढाउने तयारी गरिएको बताइन्छ । एक चरण फिल्डमा पुगेर रिपोर्ट तयार गरिएको र उपकरणसहित पुनः जानुपर्ने भएकाले बाटोका कारण काम रोकिएको हो ।

हाल जाजरकोट सदरमुकाम पाँचकाटिया हुँदै हानिसल्ला, काइल्दापाखा र सिल्पाचौर हुँदै बारेकोट–जुम्ला जोड्ने सडक निर्माण जारी छ । ठाउँ ठाउँमा झरेको पहिरोका कारण पनि अध्ययनका बाँकी काम अघि बढेको छैन । सुरुङ मार्गका लागि टनेल निर्माण, माटोको परीक्षण, लागत अनुमानसमेत अध्ययन हुँदै छ । पाँच महिनामा गर्नुपर्ने अध्ययनको काम भने बर्सातका कारण केही समय लम्बिने भएको छ ।

सम्झौता अनुसार आउँदो असोजसम्ममा अध्ययनको काम सक्नुपर्ने हुन्छ । अध्ययनको काम सुरु गरेको दुई महिना बितिसकेको छ  । अहिलेसम्म फिल्डमा पुगेर काम भएको छैन । बर्खायाम भएकाले कागजी काम मात्रै भइरहेको र बर्खा सकिनेबित्तिकै फिल्डमै गएर काम सुरु हुने जेभीका प्रमुख झाले बताउनुभयो । यो सुरुङ मार्ग निर्माण भए लुम्बिनी, दाङ, सल्यान, जाजरकोट र जुम्ला हुँदै रारा जोड्ने छोटो सर्किट हुने छ । 

कुसे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतका अनुसार सुरुङ मार्ग निर्माणले आवतजावतमा निकै सहज हुने छ । गौरवको आयोजनाका रूपमा सुरुङ मार्ग निर्माण योजना अघि सारिएको छ । पूर्वमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का जुम्ला जिल्ला इन्चार्ज नरेश भण्डारीका अनुसार दुरी र व्यापारका हिसाबले सुरुङ मार्ग नै उपयुक्त विकल्प हुने छ । जुम्ला र जाजरकोट जोड्ने सबैभन्दा छोटो बाटो सुरुङ मार्ग नै हुने भएकाले यसलाई अघि बढाउन आवश्यक रहेको छ ।

जाजरकोटको साङ्टाबाट जुम्लाको इमिल्चाघारीसम्म अहिलेको लम्बाइ झन्डै १० किलोमिटर रहेको र सुरुङ मार्ग पाँच किलोमिटरभन्दा कमको हुने छ । कालीकोट हुँदै नेपालगन्ज तथा सुर्खेत जाने सडकभन्दा सुरुङ मार्ग हुँदै नेपालगन्ज, सुर्खेत जाँदा र आउँदा पाँच घन्टा छिटो हुने बताइन्छ । सुरुङ मार्गले आवतजावतका निम्ति सहज त हुन्छ नै यो आयोजनाले कर्णालीको आर्थिक उन्नति, समृद्धि र विकासमा ठुलो मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर