नेभिगेसन मेनु

संसद् अवरुद्ध हुँदा जनताका आवाज रोकिए : राष्ट्रपति
सम्पादक:南亚网络电视
लेखक:कान्तिपुर
समय:2023-08-22 13:53

sittal-niwas-meeting22023-08-22-11-05-28

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा मंगलबार बिहान सर्वदलीय बैठक बसेको छ । आजको संसद् बैठक अगाडि उनले शीर्ष दलका नेताहरूलाई शीतल निवासमा डाकेका हुन् ।

बैठकका क्रममा राष्ट्रपति पौडेलसमक्ष संसद्‌को अवरोध खोल्नेदेखि देशको आर्थिक स्थितिलगायतका समसामयिक विषयमा नेताहरूले आफ्नो धारणा राखेका छन् । विमानस्थलबाट भित्रिएको तस्करीको सुनबारे छानबिन गर्न उच्चस्तरीय समितिको माग गर्दै नेकपा एमालेले साउन १० देखि निरन्तर संसद् अवरोध गरेपछि राष्ट्रपतिले त्यसप्रति चासो देखाएका हुन् । बैठकमा एमालेका नेताहरु भने अनुपस्थित थिए ।

बैठकमा राष्ट्रपतिले आफूलाई नेपालको संविधान र प्रणालीप्रति नै खेलबाड हुन खोजेको हो कि भन्ने आभास हुन थालेको धारणा व्यक्त गरेका छन् । 'अहिले आएर कता कता हाम्रो संविधान र प्रणालीप्रति नै खेलबाड हुन खोजेको हो कि भन्ने आभास हुन थालेको छ,' नेताहरूसँग पौडेलले भने, 'यसले गर्दा शक्तिपृथकीकरण र शक्ति सन्तुलनको संवैधानिक मर्म र भावनाअनुसार हामी हिँड्न सकेका छौं कि छैनौं भनेर पनि सोच्नुपर्ने बेला भएको छ भन्ने मलाई लाग्छ ।'

बैठकमा राष्ट्रपतिले जनताका यावत् समस्याहरूको समाधान गर्ने सार्वभौम थलो संसद् लामो समयदेखि अवरुद्ध हुँदा जनताका आवाज मुखरित हुने काम बन्द हुन्छ भन्ने सर्वत्र चिन्ता प्रकट भइरहेका बेला सबै दलहरुको आपसी संवाद र प्रयत्नले सहमतिको नजिक पुगेको भन्ने खबरबाट सन्तोष मिलेको उनले बताए ।

‘यो सहमतिको प्रयत्नले तत्काल सार्थकता पाएर अवरुद्ध संसद् सञ्चालन हुनेछ भन्ने मैले विश्वास लिएको छु‚’ उनले भने‚ ‘यदाकदा दलहरुबीच विवाद, द्वन्द्व र तिक्तता देखापर्ने गरे पनि राष्ट्रिय स्वार्थ र हितका लागि वार्ता, संवाद र छलफलबाट निकासमा पुग्नुपर्छ । लोकतन्त्रको सुन्दर पक्ष भनेकै यही हो । नेपालका राजनीतिक दलहरूले विगतमा विषम परिस्थितमा पनि संवादकै माध्यमबाट समस्या सुल्झाएका कैयौं उदाहरणहरू हाम्रासामु छन् ।’

सत्य निरुपण, बेपत्ता तथा मेलमिलापसम्बन्धी कानुनी विषय अझै टुंगोमा पुग्न नसकेको र यो विषय टुङ्ग्याउन सकिएन भने जनताले खोजेको शान्तिको चाहना पूरा हुन नसक्ने राष्ट्रपति पौडेलले बताए । बैठकमा उनले देशको आर्थिक र समसामयिक अवस्थाबारे पनि आफ्ना धारणा राखेका थिए ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले संसद् सुचारु होस् र यसमा राजनीतिक दलबीचमा समझदारी बनोस् भन्ने राष्ट्रपतिको सकारात्मक धारणा रहेको बताए ।

‘संविधानको रक्षा र कार्यान्वयन तथा जनताले चाहेजस्तो गरी संसद् सुचारु होस् र यसमा राजनीतिक दलहरुको बीचमा समझदारी बनोस भन्ने राष्ट्रपतिज्यूको शुभेच्छा अत्यन्तै सकारात्मक छ,' उनले भने, 'यसमा कसैले विमति राख्नुपर्ने कारण छैन । हामी निरन्तर छलफलमा छौं । संसद् सुचारु गर्ने सहमतिको करिब करिब नजिक पुगेका छौं । राष्ट्रपतिको शुभेच्छाप्रति आभार व्यक्त गर्दछु ।’

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर