नेभिगेसन मेनु

पानीको जार र बोतलमा तोकेभन्दा बढी मूल्य लिए संघले कारबाही गर्ने
सम्पादक:南亚网络电视
लेखक:नयाँ पत्रिका
समय:2023-08-18 12:14

Jar

नेपाल बोतल वाटर उद्योग संघले खानेपानीको जार र बोतलमा सरकारले तोकेभन्दा बढी शुल्क नलिन आग्रह  गरेको छ। 

संघले बिहीबार पत्रकार सम्मेलन गरी पानीमा सरकारले तोकेभन्दा बढी मूल्य लिएको गुनासो आएको जनाउँदै बढी शुल्क नलिन व्यवसायीको ध्यानाकर्षण गराएको हो। संघका अध्यक्ष ध्रुव गौतमले बिचौलियाका कारण आमउपभोक्तालाई पानीको मूल्य सरकारले तोकेभन्दा बढी परेको जनाउँदै संघले बजार अनुगमलाई तीव्र पार्न खोजेको बताए।

‘उपत्यकाभित्र जारको पानीमा बढीमा ४५ देखि ४७ रुपैयाँसम्म र बोतलको पानीमा प्रतिबोतल  १६ रुपैयाँसम्म र उपत्यकाबाहिर जारको पानीमा ६० रुपैयाँसम्म र बोतलको पानीमा प्रतिबाेतल २० रुपैयाँसम्म पर्छ, त्यसभन्दा बढी मूल्यमा बेच्ने व्यापारीलाई कारबाही हुन्छ,’ उनले भने।

संघले पानीको बजार अनुगमन गर्न संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष विक्रम लिम्बू चेम्जोङको संयोजकत्वमा बजार अनुगमन समिति बनाएर बजार अनुगमनको कार्यलाई अगाडि बढाइसकेको छ ।

उक्त समितिले बजारमा रहेका थोत्रा जार, अधिकतम मूल्य, बिक्रेताको गुणस्तर परीक्षणको प्रमाणपत्र राखे–नराखेको, ट्रेडमार्क मिसयुज, उत्पादन मिति र उपभोग्य मितिलगायतका विषयमा अनुगमन गर्नेछ । यसअघि उक्त समितिले ५० भन्दा बढी उद्योगी तथा बिक्रेतालाई कारबाही गरिसकेको छ । वरिष्ठ उपाध्यक्ष चेम्जोङले पानीको गुणस्तर हेरेर उपभोग गर्न आमउपभोक्तालाई आग्रहसमेत गरेका छन्।

संघका सल्लाहकार गोकर्ण सिलवालले संघीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले गरेको निर्णयका आधारमा पानीको मूल्य समायोजन भएको भन्दै समायोजन गरेकै मूल्यमा पानी खरिद गर्न आमउपभोक्तालाई आग्रह गरे। ‘उपभोक्तालाई ठगी गर्ने व्यवसायीलाई कारबाही गर्छौँ,’ उनले भने।

हाल काठमाडौं उपत्यकाभित्रमा मात्र दैनिक दुई लाख ५० हजार जार पानी खपत हुँदै आएको छ। नेपालबाट आर्थिक वर्ष ०७९/८० मा मात्र रु. ६० करोड मूल्यबराबरको पानी विदेश निर्यात भएको संघले जनाएको छ। हाल काठमाडौं उपत्यकाभित्र झन्डै दुई सय र  देशभर पाँच सयभन्दा बढी पानी उद्योग रहेका छन्।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर