नेभिगेसन मेनु

संस्कृत विश्वविद्यालयका शिक्षक र कर्मचारीको परीक्षा लोकसेवाले लिने
सम्पादक:南亚网络电视
लेखक:नयाँ पत्रिका
समय:2023-08-18 12:12

sanskriti2023-08-18-08-02-02

नेपाल संस्कृत विश्वविद्यालयले कर्मचारी तथा शिक्षक नियुक्तिका लागि लोकसेवा आयोगलाई परीक्षा सञ्चालन गर्न दिने भएको छ । यसअघि सेवा आयोगले लिँदै आएका सबै परीक्ष अब लोकसेवाले लिने भएको हो ।

विश्वविद्यालय र आन्दोलतरत विद्यार्थीबीचको वार्तामा कर्मचारी र शिक्षक नियुक्तिका लागि लिइने परीक्षा र नतिजा प्रकाशन गर्ने जिम्मा लोकसेवा आयोगलाई दिने सहमति भएको हो । सेवा आयोगले परीक्षा लिँदा आफूअनुकूलका कर्मचारी र शिक्षक नियुक्ति हुने गरेको गुनासो आएपछि यस्तो सहमति भएको हो । त्यो सहमतिपछि विद्यार्थीले विश्वविद्यालयमा लगाएको ताला खोलेका छन् । 

विश्वविद्यालको सेवा अयोगको कार्यालय र आयुर्वेद अध्ययन संस्थान डिनको कार्यालयमा नेपाल विद्यार्थी संघले लगाएको तालाबन्दी खुलेको हो । गत ९ असारमा सेवा आयोगको कार्यालय र १२ गते आयुर्वेद अध्ययन संस्थान डिनको कार्यालयमा ताला लागेको थियो ।

विश्वविद्यालयको तर्फबाट गठित वार्ता समिति र विद्यार्थी संगठनबीच बुधबार भएको वार्तामा सहमति जुटेपछि दुईवटै ताला खोलिएको उपप्राध्यापक सुधीरकुमार पोख्रेलले बताए । उनका अनुसार आयुर्वेदको पाठ्यक्रम परिमार्जन गर्ने, प्रयोगात्मक परीक्षाको छात्रवृत्ति ०७९ साउनदेखि लागू हुने गरी ५० प्रतिशत वृद्धि गर्ने, परीक्षालाई कोडिङ, डिकोडिङ प्रणालीमार्फत सञ्चालन गर्न एक अध्ययन समिति गठन गर्ने र पठनपाठन नियमित सञ्चालन गर्ने सहमति भएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर