नेभिगेसन मेनु

तानसेन नगरपालिकाको बजेट १ अर्ब २ करोड ८ लाख
सम्पादक:南亚网络电视
समय:2023-06-25 19:11

ण

तानसेन, असार १० गते । तानसेन नगरपालिकाले आगामी वर्षका लागि १ अर्ब २ करोड ८ लाख ६४ हजार ३ सय ६७ रुपियाँ बजेट सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८०–८१ का लागि पुँजीगततर्फ ४६ करोड ६६ लाख ३९ हजार ३६७ रुपैया रचालु खर्चतर्फ ५६ करोड १४ लाख २५ हजार रुपियाँ रहेको छ ।

तानसेन नगरपालिकाको १३ औ नगरसभा तथा अबिधेशनमा नगरपालिकाका उपप्रमुख प्रतीक्षा सिजालीले आर्थिक वर्ष २०८०–८१ का लागि बजेट प्रस्तुत गर्नुभएको हो । नगरलाई नेपालमै नमूना नगरपालिका बनाउने, तानसेनलाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने लक्ष्य बजेटले लिएको छ ।

त्यस्तै, ऐतिहासिक तथा सांस्कृतिक सहरको रुपमा विकास गर्ने, पर्यटकीय आकर्षणको रुपमा रहेको रानीमहल तथा श्रीनगर पार्कलाई व्यवस्थितरुपले सञ्चालन गर्ने योजना पनि अघि बढाइएको छ । 

शिक्षा, स्वास्थ्य, खानेपानीजस्ता आधारभूत विषयलाई प्राथमिकता दिएर काम गर्ने योजना समेत नगरपालिकाले बनाएको छ । नगरसभाका सदस्यले तानसेन नगरपालिकाले विगतका तुलनामा पछिल्लो समय केही राम्रा कामहरु गर्न सफल भए पनि अझ प्रयाप्त नभएको भन्दै खेल मैदान स्तरोन्नति, सडक, सवारीसाधन पार्किङको व्यवस्थापन, खानेपानी, सरसफाई, शिक्षा, स्वास्थ्य, लक्षित वर्गका कार्यक्रम प्रभावकारी गराउनु पर्ने र पर्यटकीय क्षेत्रको विकासलगायतको क्षेत्रमा नगरपालिकाले ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ । 

नगरसभा तथा १३ औ अधिवेशनमा न्यायिक समितिका संयोजक प्रतीक्षा सिञ्जालिले न्यायिक समितिको प्रतिवेदन, आर्थिक समितिका संयोजक हेमन्तराज शाक्यले आर्थिक विधेयक मस्यौदा, लेखा समिति संयोजक राजेशकुमार अर्यालले लेखा समितिको प्रतिवेदन, फोहोरमैला व्यवस्थापन संयोजक सुनिलकुमार वस्याल, बाबुरत्न शाक्यले साझेदारी कार्यक्रको प्रतिवेदन प्रस्तुत गर्नुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर