नेभिगेसन मेनु

‘लम्पी स्किन’ रोगबाट सयौँ पशु सङ्क्रमित
सम्पादक:南亚网络电视
समय:2023-06-27 13:33

cow

रुपन्देही, असार १२ गते  । लुम्बिनी प्रदेशका धेरैजसो जिल्लामा पशुमा लाग्ने ‘लम्पी स्किन’ रोगको प्रकोप देखिएको छ। लुम्बिनी प्रदेशका गुल्मी, पाल्पा, रोल्पा, रुकुम, बाँके, बर्दिया, प्युठान, अर्घाखाँची र पश्चिम नवलपरासी जिल्लामा यो रोगले पशु चौपाया मर्ने गरेका छन्।

पछिल्लो दुई महिना यता यो रोगले भयानक रूप लिएको लुम्बिनी प्रदेश पशुपन्छी निर्देशनालयले जनाएको छ। लुम्बिनी प्रदेशमा अहिले ७७ हजार ९१३ गाई, भैँसीमा सङ्क्रमण देखिएको दिर्नेशनालयले जनाएको छ। रोगका कारण हालसम्म दुई हजार ८३५ गाई, भैँसीको मृत्यु भएको छ। निर्देशनालयका निर्देशक डा. परबेज आलमका अनुसार यस प्रदेशका १२ वटा जिल्लामध्ये अहिले सबैभन्दा धेरै रोल्पा जिल्लाका पशुमा यो सङक्रमण देखिएको छ । रोल्पामा अहिलेसम्म २७ हजार पशु सङ्क्रमित भएका छन् भने एक १३९ पशुको मृत्यु भएको छ। 

गुल्मीमा ‘लम्पी स्किन’ रोगको सङ्क्रमणका कारण २०१ गाई गोरु मरेका छन्। जिल्लाका १२ वटै स्थानीय तहमा फैलिएको उक्त रोगका कारण जिल्लामा २०१ गाई गोरु मरेको र सात हजार बढी पशुहरू सङ्क्रमण भएको भेटेरिनरी  अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीका प्रमुख डाक्टर भरत काफ्लेले जानकारी दिनुभयो।

लामखुट्टे र झिँगाबाट सर्छ रोग 

पहिले पशुमा उच्च ज्वरो आउने, कल्चौडादेखि शरीरका विभिन्न भागमा गिर्खा आउने र पाक्ने जस्ता लक्षणहरू देखा पर्ने गरेको उहाँले बताउनुभयो। पशुमा देखा पर्ने उक्त लक्षणहरूमा विशेष गरी लामखुट्टे र झिँगाबाट सर्ने काफ्लेले बताउनुभयो।

यो रोग विशेष गरी गाई गोरुमा देखा परेको र भैँसीमा कम देखिएको काफ्लेको भनाइ छ। दुध दिने गाईमा उक्त रोग देखा परेपश्चात् आधा जति दुधमा कमी आएको कार्यालयले जनाएको छ। ‘लम्पी स्किप’ रोगको सङ्क्रमणका कारण १० प्रतिशत पशुहरूको मृत्युदर हुने सम्भावना रहेको काफ्लेले बताउनुभयो।

उक्त रोगलाई न्यूनीकरण गर्नका लागि कार्यालयले प्राविधिक र विज्ञ सेवा प्रदान गर्दै आएको कार्यालयले जनाएको छ। कार्यालयमा बजेट नभएकाले स्थानीय तहसँग सहजीकरण गरी आफूहरूले प्राविधिक र विज्ञ सेवाहरू प्रदान गर्दै आएको काफ्लेले बताउनुभयो। काफ्लेले भन्नुभयो, “जिल्लामा स्थानीय तहको सहयोगमा  पशुमा करिब ३० लाख रुपियाँ बराबरको औषधी र भ्याक्सिन लगाइएको छ।” धुर्कोट गाउँपालिकाका भूपाल पोखरेलले पालिकाभित्र एक दर्जनभन्दा बढी पशु मरिसकेको बताउँदै हजारभन्दा बढी पशुमा भ्याक्सिन खरिद गरेर लगाइसकेको बताउनुभयो। जिल्लामा रहेको विज्ञ केन्द्रलाई प्रदेश सरकारले राम्रोसँग व्यवस्थापन गर्न नसक्दा यस्ता महामारीमा कुनै काम नरहेको पोखरेलको भनाइ छ। नामको मात्रै विज्ञ केन्द्रको औचित्य नभएको भन्दै स्थानीय सरकारलाई अझ प्रभावकारी बनाउनुपर्ने उहाँको धारण छ।

‘लम्पी स्किन’ सङ्क्रमणका कारण पाल्पामा पशु चौपायाको छालामा देखिएको रोगबाट हालसम्म ११० पशु चौपाया मरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाल्पाले जनाएको छ। 

दुध उत्पादनमा कमी 

‘लम्पी स्किन’ का कारण यहाँका चार हजार बढी पशु प्रभावित भएका छन्। प्रभावित भएका चार हजार पशुचौपायामध्ये दुई हजार बढीलाई उपचार गरिएको विज्ञ केन्द्र जनाएको छ। ‘लम्पी स्किन’ का कारण दुध उत्पादन र कृषि क्षेत्रलाई असर पु¥याएको केन्द्रका पशु चिकित्सक डा. नवीन बस्यालले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “धेरै स्थानमा हल गोरुमा ‘लम्पी स्किन’ देखिएको छ, यसले अहिले धान र मकै हुर्काउने बेलामा असर गरेको छ।” 

जिल्लाको तानसेन, माथागढी, बगनासकाली, रिब्दीकोट, तिनाउ, निस्दी र रैनादेवी छहराका पशुचौपायामा ‘लम्पी स्किन’ रोगको प्रभाव देखिएको छ। यी स्थानमा कृषि क्षेत्रका लागि प्रयोग हुने पशुचौपाया र दुध उत्पादनका लागि पालिएका पशुचौपाया छन्। ‘लम्पी स्किन’ कै कारण आफ्नो गोठमा अहिलेसम्म चार वटा जर्सी गाई मरेको र अझै तीन चार वटा बिरामी रहेको तानसेन–१२ का किसान रुकवीर रेश्मीले बताउनुभयो। उहाँले भन्नुभयो, “लम्पी स्किन रोगले मेरो पाँच लाख रुपियाँ क्षति भएको छ, दैनिक दुध उत्पादनमा पनि असर गरेको छ।”

कृषि उत्पादनका लागि प्रयोग हुने हलगोरु, दुध उत्पादन गर्ने गाई मर्न थालेपछि पाल्पाका केही किसान उठ्नै नसक्ने गरी समस्यामा परेका छन्। अहिले सामान्य एक हलगोरु खरिद गर्न ५० हजार रुपियाँ खर्च लाग्छ भने दुध उत्पादन गर्ने गाई मरेको खण्डमा पनि किसानलाई झन्डै एक लाख रुपियाँ घाटा हुने माथागढी–३, कसेनीका किसान गुनबहादुर रानाले बताउनुभयो। उहाँले भन्नुभयो, “एउटा उन्नत जातको दुधालु गाई म¥यो एक लाख रुपियाँ प्रत्यक्ष घाटा र दैनिक पाँच/छ सय अप्रत्यक्ष घाटा बेहोर्नुपर्छ।” ‘लम्पी स्किन’ को सङ्क्रमण फैलिएपछि गाई, गोरुका शरीरका विभिन्न भागमा गिर्खा आउने, उच्च ज्वरो आउने, पाक्ने, सुन्निने जस्ता लक्षण देखिएको छ। 

‘लम्पी स्किन’ को समस्या देखिएका २०–३० प्रतिशत पशु मर्ने गरेको पशु सेवा प्राविधिक युवराज ज्ञवालीले बताउनुभयो। ‘लम्पी स्किन’ रोग निको पार्ने कुनै खोप नभए पनि पशुको लक्षण अनुसार सामान्य एन्टिबायोटिक दिने काम भइरहेको उहाँले बताउनुभयो। ‘लम्पी स्किन’ रोगको नियन्त्रण गर्न किसानले भुसुना, किरा र लामखुट्टे नियन्त्रणका लागि गोठको सरसफाइ, भकारो (पर्सो) व्यवस्थापन र चरन क्षेत्रको ख्याल गर्नुपर्ने विज्ञ केन्द्रका निमित्त प्रमुख दुर्गा खनालले बताउनुभयो। 

समयमै रोग पहिचान नहुँदा समस्या

यसैबिच एक महिनाअघि रुकुमपूर्व जिल्लाको केही वडाका गाई गोरुमा देखिएको ‘लम्पी स्किन’ रोग अहिले जिल्लाका सबै पालिकामा फैलिएको छ। समयमै किसानले रोगका बारेमा थाहा नपाउँदा र रोगी तथा निरोगी पशु चौपायालाई एकै थलोमा बाँध्न थालेपछि रोग सङ्क्रमण  फैलिएको हो। 

जेठ मसान्तसम्म ‘लम्पी स्किन’ रोगबाट जिल्लामा एक हजार ७६० पशु चौपाया सङ्क्रमणमा परेका छन्। एक महिनाअघिदेखि जिल्लामा देखा परेको यो रोगबाट एक हजार ७५६ गाई गोरु र चार वटा भैँसीमा सङ्क्रमण देखिएको हो। शरीरमा गिर्खा आउने, पाक्ने, रगत बग्ने, पिप जम्ने तथा १०४ डिग्रीभन्दा बढी ज्वरो आउने पशुचौपायामा लक्षणको प्रकोप देखिएको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय रुकुमपूर्वका प्रमुख पिताम्बर बस्नेतले जानकारी दिनुभयो। तीन गाउँपालिका रहेको यस जिल्लामा सबैभन्दा बढी भुमे र सबैभन्दा कम सिस्ने गाउँपालिकाका पशुचौपायामा यो रोग देखिएको छ। भुमेमा ७३३ र सिस्ने गाउँपालिकामा ४८२  वटा गाई गोरुमा सङ्क्रमण देखिएको छ, भने पुथाउत्तरगङ्गा गाउँपालिकामा ५४१ वटा गाई गोरुमा सङ्क्रमण देखिएको प्रमुख बस्नेतले बताउनुभयो। 

भुमे एक र सिस्नेमा चार वटा भैँसीमा समेत सङ्क्रमण देखिएको छ। ‘लम्पी स्किन’ रोगबाट  १२५ ओटा गाई र एक वटा भैँसी मरेका छन्।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर