तम्घास, असार २८ गते । गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १ नेटा सिम्लेकी १५ वर्षीय टीका बलालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
बुधवार साँझ घरमै काम गरिरहेको समयमा चट्याङ लागेर घाइते भएकी बलालको उपचारको क्रममा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।