नेभिगेसन मेनु

नेपालगन्जमा डेंगु रोगको उच्च जोखिम
सम्पादक:南亚网络电视
समय:2023-07-20 16:02

jamunaha-naka-(2)

नेपालगञ्ज, साउन ४ गते । भारतसँग सीमा जोडिएको पश्चिम नेपालको केन्द्रविन्दु मानिने नेपालगञ्ज उपमहानगरपालिका अहिले डेंगु रोगको उच्च जोखिममा रहेको छ । 

भारतका विभिन्न सहरमा डेंगुका बिरामी बढ्दैगएको हुँदा भारतबाट नेपाल फर्कनेसँगै डेंगु पनि भित्रिने आशंका बढेकाले यो सहर रोगको उच्च जोखिममा पुगेको हो । 

भारतलगायत नेपालकै विभिन्न जिल्लामा डेंगुका विरामी देखिन थालेपछि नेपालगन्ज उपमहानगरपालिकाले उक्त रोगविरुद्धको सचेतना अभियान सञ्चालन गरेको उपमहानगरका उपमेयर कमरुद्दीन राईले बताउनुभयो । 

उहाँले डेंगु भित्रिन नदिन तथा नियन्त्रणका लागि तत्काल विभिन्न कदम उठाउन सम्बद्ध सरोकारवाला निकायको पनि गम्भीर ध्यानाकर्षण गराइएको बताउनुभयो । नेपालगन्ज उपमहानगर स्वास्थ्य महाशाखाले मलेरिया र डेंगु फैलिन सक्ने सम्भावना रहेकाले नेपाल–भारत नाकामा ज्वरोका बिरामी भेटिएमा परीक्षण गरेर मात्र भित्रिन दिइएको जनाउँदै उपमहानगरमा सचेतनामूलक अभियान पनि चलाइएको जनाएको छ । 

उपमहानगरको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले अहिलेसम्म कसैलाई पनि डेंगु पुष्टि नभएको जनाउँदै तर सीमापारी र अन्य जिल्लामा देखिएकाले उच्च सतर्कता अपनाइएको बताउनुभयो । 

उहाँले एकजनामा मलेरिया देखिएकाले नेपाल–भारत नाकालगायत उपमहानगरका विभिन्न स्वास्थ्य संस्थामा ज्वरोका बिरामीको मलेरिया र डेंगी परीक्षण गर्न थालिएको बताउनुभयो । प्रमुख चन्दले सो रोगको लक्षण र प्रभाव पारे सर्वसाधारणलाई सेचत पार्ने कार्य पनि भइरहेको बताउनुभयो । 

उता, स्वास्थ्य कार्यालय बाँकेले पनि डेंगु रोग रोकथाम र नियन्त्रणका लागि लामखुट्टेका लार्भा नष्ट गर्ने र आम मानिसलाई सचेतना जगाउने अभियान सुरु गरिएको जनाएको छ । सो कार्यालयले जिल्लाका उक्त रोगविरुद्ध उच्च सतर्कता अपनाइएको जनाएको छ । 

भेरी अस्पतालका वरिष्ठ फिजिसियन डा. राजन पाण्डेले डेंगुको जोखिम कम गर्न लामखुट्टेलाई नष्ट गर्नुपर्ने र सचेतना अभियानलाई तिव्र पार्ने बताउनुभयो ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर