नेभिगेसन मेनु

खाद्य कार्यालय पुनः स्थापना गरिने
सम्पादक:南亚网络电视
समय:2023-07-17 12:42

asdgasdg

गुल्मी, साउन १ गते । गुल्मीको सदरमुकाम तम्घासमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालको शाखा कार्यालय पुनः स्थापना गरिने भएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालको प्रधान कार्यालयसँग तम्घासमा शाखा कार्यालय पुनः स्थापना गर्नका लागि सम्झौता गरिएको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिल ध्वज पन्थीले जानकारी दिनुभयो ।

शाखा कार्यालयको पुनः स्थापनासँगै गुल्मीको रुरु क्षेत्र गाउँपालिकाको बलेटक्सार, छत्र कोट गाउँपालिकाको दौघा, मदाने गाउँपालिकाको बाँझकटेरी र मालिका गाउँपालिकाको अर्खाबाङ्गमा समेत डिपो स्थापना गरी गुल्मीबासी आम जनतालाई सहज र सुलभ तरिकाले खाद्य सामाग्रीको आपूर्ति गरिने उहाँले बताउनुभयो ।

यस जिल्लामा उत्पादित रैथाने बाली लगायतका कृषिजन्य बस्तुको बजारीकरणको सुनिश्चितताका लागि कम्पनीको तम्घास शाखासहित सबै डिपोहरूबाट व्यवस्थापन हुने गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग सम्झौता गरी प्रक्रिया अगाडी बढाएको नगरप्रमुख पन्थीले बताउनुभयो ।

नेपाल सरकारको साबिक खाद्य संस्थान २०६० सालमा बन्द भएको । अहिले २० वर्षपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालको शाखा पुनः स्थापना गर्न लागिएको विभागीय प्रमुख भीम थापाले जानकारी दिनुभयो । 

त्यति बेला संस्थानको खर्च घटाउने र यस जिल्लामा यातायातको सहजता भएको हुँदा खाद्य संस्थान बन्द गरिएको थियो । अहिले सरकारी सेवा गाउँ(गाउँमा पुर्‍याउने उद्देश्यका साथ सरकारको आर्थिक वर्ष २०८०-८१ बजेटको बुँदा नम्बर  ८८ मा रैथानेमा गर्व गरौँ भनिएकोले त्यसै अनुसार तम्घासमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड पुनः स्थापना गर्न लागिएको उहाँले बताउनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर