नेभिगेसन मेनु

ग्वाघा स्वास्थ्य चौकी भवन उद्घाटन
सम्पादक:南亚网络电视
समय:2023-06-16 14:41

0

गुल्मी, असार १ गते । गुल्मीको चन्द्रकोट गाउँपालिका– ५ ग्वाघामा नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन गरिएको छ । नवनिर्मित स्वास्थ्य चौकी भवनको एक औपचारिक कार्यक्रमकाबीच जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले उद्घाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै जिसस प्रमुख खत्रीले शिक्षा र स्वास्थ्यको विकासले नै समुन्नति ल्याउने बताउनुभयो । यो भवन निर्माण सम्पन्न भै अब यसैबाट स्वास्थ्य सेवा पाउनु यहाँका नागरिकका लागि शुखद कुरा भएको उल्लेख गर्दै स्वास्थ्य चौकीबाट प्रवाह गर्ने सेवा सुविधा गुणस्तरीय हुनुपर्ने बताउनुभयो । 

त्यस्तै, गाउँपालिका अध्यक्ष युवराज केसीले अर्को वर्षौंदेखि यस स्वास्थ्य चौकीमा ल्याब सेवा सुरु गरिने बताउनुभयो । स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको भन्दै उहाँले नागरिकको स्वास्थ्यप्रति स्थानीय सरकार गम्भीर र जिम्मेवार रहेको उल्लेख गर्नुभयो । 

सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाइ रुपन्देहीद्वारा एक करोड २६ लाख रुपियाँ लागतमा निर्माण हुनेगरी २०७५ चैतमा स्वास्थ्य चौकी निर्माणको सम्झौता गरिएको थियो । 

यसभन्दा पहिले ग्वाघाको वडा कार्यालयबाट स्वास्थ्य चौकीको सेवा प्रवाह हुँदै आएको थियो । गाउँपालिकादेखि केहि टाढा रहेका यस वडाका जनताले छिटो, छरितो र शूलभ ढङ्गबाट स्वास्थ्य सेवा पाउने विश्वास लिएको उपाध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर