शिरमा ढाकाटोपी । गलामा दुबोको माला । अबिरले राताम्मे चेहरा । साथमा पत्नी रञ्जिता श्रेष्ठ । यो दृश्यले टीकापुर हत्याकाण्डमा तीन तहको अदालतबाट दोषी ठहर भएका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई दुलाहाजस्तै देखिएको थियो । सरकारले चौधरीलाई माफी दिएर जेलमुक्त गरेसँगै देखिएको दृश्य हो यो । साढे पाँच वर्षदेखि डिल्लीबजार कारागार रहेका चौधरी सोमबार जेलमुक्त भए । कारागारपरिसरमा पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिएर उनी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले माइतीघरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न पुगे । उनी त्यहाँ पुग्दा देखिएका केही दृश्य :
ह्वासिन सिमेन्टमा चि
2023-5-23