नेभिगेसन मेनु

नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिनका लागि संसदीय विशेष समिति बनाउनुपर्छ : रवि लामिछाने
सम्पादक:南亚网络电视
समय:2023-05-24 14:19

rabi_lOOanw8hHW

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिन गर्न संसदीय विशेष समिति बनाउनुपर्ने बताएका छन। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा सभापति लामिछानेले यो प्रकरणमा सबै राजनीतिक दलका नेता मुछिएकाले  छानबिनका लागि संसदीय विशेष समिति बनाउनुपर्ने बताएका हुन्।

'जसजसको नाम आएको छ उनीहरूको निष्पक्ष छानबिनका लागि विशेष समिति बनाउनुपर्छ। विश्वासको वातावरण बन्द भएको छ। जुनजुन निकायहरू यसमा लागिपरेका छन्। कसैको पनि विश्वास गर्ने वातावरण छैन। जसजसको नाम आएको छ तिनलाई छानबिनको दायरमा ल्याउन नहुने, सोधपुछ पनि गर्न नहुने गरी किन डराएको हो, 'उनले भने।

उनले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ  र प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले खुट्टा नकमाउने बताएको भएपनि अहिले नाम मुछिएकाहरूसँग सोधपुछ गर्न समेत डराएको आरोप लगाए।

उनले भने,' गृहमन्त्रीले मुटु दरो छ भन्न भएको थियो। प्रधानमन्त्रीले मुटु दरो छ भन्नु भएको छ । उहाँहरूको मुटु कहाँ गएर चेक गर्ने ? उहाँहरूको मुटु कति दरो छ भन्ने कुरा हामीले देखेका छौं। यसकारणले हरेक नाम आएका मानिसहरूलाई  सोधपुछ हुनुपर्‍यो। उनीहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्यो । खुट्टा कमाउनु भएन।'

भ्रष्टाचारका विषयलाई लिएर आफूहरूले बारम्बार कुरा उठाइरहेको भन्दै उनले  तीन राजनीतिक दलहरुबीच भएको छलफलमा आशंका व्यक्त गरे।

'कुनै राजनीतिक दल बाँकी रहेको छैन। जसलाई आरोप लाग्न बाँकी रहेको छ। त्यतिमात्रै होइन राज्यका निकायहरूको यसरी नाम आइरहेको छ  अनुसन्धान गर्ने अधिकारीहरूको नाम आइरहेको छ। यस्तो अवस्थामा यो कुनै अँध्यारो कोठामा कुनै गल्लीमा भएको  क्रियाकलाप छैन। दिउँसो दिनदहाड दिनको उज्यालोमा प्रधानमन्त्री कार्यालय बालुवाटारमा, मन्त्री क्वाटरमा, मन्त्री बस्ने सिंह दरबारमा  लेनदेन भएको विषय आइरहेका छन्। यहाँ मुछिएका मान्छेहरुमा यो राज्यमा कसलाई विश्वस गर्ने। ?

उनले यो प्रकरणमा अडियो दिएकाहरूलाई समेत सोधपुछका लागि नबोलाएको भन्दै आक्रोश व्यक्त गरे।  भने,' अडियो आएका छन्। तर उनीहरूलाई सोधपुछका लागि बोलाइएको छैन।  यो छानबिनले नेपाली जनताले चाहेको नतिजा दिन सक्दैन। त्यसैले संसदले विशेष समिति बनाउन माग गर्दछु।'

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर