नेभिगेसन मेनु

अर्थ समितिले झिकायो स्टक एक्सचेन्ज र धितोपत्र ब्रोकरको लाइसेन्स विवरण
सम्पादक:南亚网络电视
समय:2023-05-24 13:58

5

काठमाडौँ — संघीय संसद्अन्तर्गत अर्थ समितिले स्टक एक्सचेन्ज र धितोपत्र ब्रोकरको लाइसेन्स वितरण प्रक्रियामा भएका गतिविधि सम्बन्धमा सम्पूर्ण विवरणसहित लिखित जवाफ पठाउन नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिएको छ ।

समितिले गत आइतबार धितोपत्र बोर्डलाई पत्र लेखेर नयाँ स्टक एक्सचेन्ज र धितोपत्र दलाल व्यवसायीको अनुमति प्रदान गर्ने सम्बन्धमा भए गरेका कामकारबाही र यसअघि अर्थ समितिले दिएका निर्देशन कार्यान्वयनको अवस्थाबारे आवश्यक सबै विवरण ५ दिनभित्र पठाउन भनेको हो ।

‘बोर्डबाट नयाँ स्टक एक्सचेन्ज र धितोपत्र दलाल व्यवसायीका लागि अनुमति प्रदान गर्न भए गरेका कामकारबाही सम्बन्धमा विभिन्न सञ्चारमाध्यम र सरोकारवाला पक्षबाट अनेक कोणबाट प्रश्न उठेको छ,’ पत्रमा भनिएको छ, ‘यस सम्बन्धमा संघीय संसद्मा सदस्यहरूले अनुचित तवरले प्रक्रिया अगाडि बढाएको भनी विषय उठान गर्नुभएको र यही जेठ २ मा बसेको यस समितिको बैठकमा यस विषयमा गम्भीर रूपमा अध्ययन गर्नुपर्ने माग भएको छ ।’

पुँजीबजारका विभिन्न पक्ष समेटेर ती कार्यान्वयनका लागि ०७७ असार ३० मा धितोपत्र बोर्डलाई पठाइएको पृष्ठभूमिमा त्यस सम्बन्धमा हालसम्म भएका कामकारबाही र निर्देशन कार्यान्वयनको अवस्था सम्बन्धमा अध्ययन गर्न आवश्यक कागजात र विवरण अर्थ मन्त्रालय र नेपाल धितोपत्र बोर्डसँग माग गर्ने निर्देशन भएकाले पत्र प्राप्त भएको मितिले ५ दिनभित्र सम्पूर्ण विवरण पठाउन समितिले निर्देशन दिएको हो ।

यता धितोपत्र बोर्डले भने संसदीय समितिको निर्देशन अवज्ञा गर्दै विभिन्न लाइसेन्स वितरण गरिरहेको छ । अर्थ समितिले गत भदौ ३१ मा अर्थ मन्त्रालय, धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पत्र लेखेर स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स वितरण गर्नुको औचित्यबारे जानकारी मागेको थियो । त्यति बेला पत्रमा एक साताभित्र जवाफ दिन निर्देशन दिए पनि हालसम्म ती निकायबाट पत्र प्राप्त नभएको अर्थ समिति स्रोतले बताएको छ ।

धितोपत्र बोर्डले भने संसदीय समितिको निर्देशन बेवास्ता गर्दै अघिल्लो संसद्को अवधि सकिएको भोलिपल्ट (असोज २ मा) एकै पटक ठूलो संख्यामा ब्रोकर, एउटा स्टक एक्सचेन्ज र दुई वटा कमोडिटी एक्सचेन्जका लागि लाइसेन्स वितरण गर्न सूचना आह्वान गरेको थियो । यसअनुसार ब्रोकरका लागि ४५ वटा आवेदन प्राप्त भएकामा ४२ वटालाई बोर्डले आशयपत्र दिइसकेको छ । तीमध्ये मंगलबारसम्म बोर्डले सात वटा ब्रोकरलाई सञ्चालन अनुमति दिइसकेको छ ।

स्टक एक्सचेन्जका लागि तीन र कमोडिटी स्टक एक्सचेन्जका लागि चार आवेदन बोर्डमा प्राप्त भएको छ । परेका आवेदनमध्ये एउटा स्टक एक्सचेन्ज र दुई वटा कमोडिटी एक्सचेन्जलाई अनुमति दिने बोर्डको तयारी छ ।

सात नयाँ ब्रोकरलाई लाइसेन्स

नेपाल धितोपत्र ब्रोकरले सात नयाँ ब्रोकरलाई सञ्चालन अनुमति (लाइसेन्स) प्रदान गरेको छ । यसअघि आशयपत्र दिइएकामध्ये आवश्यक पूर्वाधार पूरा गरेका सात वटालाई ब्रोकर कारोबार सञ्चालन अनुमति प्रदान गरिएको धितोपत्र बोर्डले जनाएको छ । बोर्ड सञ्चालक समिति बैठकले सोमबार सात वटा ब्रोकरलाई सञ्चालन अनुमति प्रदान गर्ने निर्णय गरेको हो ।

यसअघि बोर्डले नयाँ लाइसेन्सका लागि आह्वान गरेको सूचनामा ४५ आवेदन परेका थिए । तीमध्ये एउटा आवेदन आवेदनकर्ता आफैंले फिर्ता लिएको र बाँकी दुईको कागजात नपुगेको बोर्डले जनाएको छ । बाँकी ४२ वटा ब्रोकर आवेदनलाई बोर्डले आशयपत्र दिएको थियो ।

पहिलो चरणमा लाइसेन्स पाउने ब्रोकरहरूमा भोले गणेश सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज, हिमालयन ब्रोकरेज, सन सेक्युरिटिज, मियो सेक्युरिटिज, सेयरप्रो सेक्युरिटिज र प्रोपर्टी विजार्ड छन् । यी ब्रोकर सञ्चालनमा आइसकेपछि नेपालमा ब्रोकर संख्या ५७ पुग्नेछ । हाल ५० वटा धितोपत्र ब्रोकर सञ्चालनमा छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर