नेभिगेसन मेनु

विद्यालय नगएरै शिक्षकलाई तलब
सम्पादक:南亚网络电视
समय:2023-05-09 12:45

Untitled-2 (1)

बाँकेको दुर्गम क्षेत्र नरैनापुर गाउँपालिकाका मदरसा र विद्यालयमा नपुगेरै शिक्षकले तलब बुझ्ने गरेको पाइएको छ । उक्त गाउँपालिकाका विद्यालय र मदरसाको निरीक्षण गर्दा महिनौँसम्म पनि उपस्थित नहुने शिक्षकले तलब बुझिरहेकोलगायतका अन्य विभिन्न अनियमितता पाइएको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाको शिक्षा अनुगमन तथा छानबिन समितिका संयोजक कृष्णचन्द्र मौर्यसहितको टोलीले मदरसा र विद्यालयको छड्के अनुगमन गर्दा अधिकांश विद्यालयमा शिक्षकको उपस्थिति नभएको, महिनौँसम्म पनि उपस्थित नभई तलब लिएको, शिक्षकले हप्तौँसम्म हाजिरी नगरेको पाइएको हो । 

अनुगमन तथा छानबिन समितिका संयोजक मौर्यले नरैनापुर–४, जयरामपुर्वामा रहेको मदरसो सुन्नत सैयदुल उलुमकी शिक्षिका जयमती बैजाली र खाजा व्यवस्थापक रामजी साहु वैशाख महिनामा एक दिन पनि मदरसा नगएको पाइएको रेकर्डमा भेटिएको बताउनुभयो । उहाँले चैत महिनामा पनि शिक्षिका जयमती दुई दिन र खाजा व्यवस्थापक रामजी एक दिन मात्रै मदरसा आएको तर उहाँहरू मदरसा नगए पनि तलब भने नियमित पाइरहेको बताउनुभयो । 

यसबारे प्रश्न गर्दा मदरसाका प्रधानाध्यापक इब्राइम खानले उहाँहरूलाई बारम्बार सम्पर्क गरेर हाजिर हुन आग्रह गर्दा पनि मदरसामा नआउने गरेको बताउनुभयो । प्रधानाध्यापक खानले भन्नुभयो, “उहाँहरूलाई हामीले धेरै पटक फोन गरेका छौँ । गाउँपालिकामा पनि निवेदन दिएका छौँ तर पनि उहाँहरू मदरसामा आउनु हुँदैन तर तलब भने उहाँहरूले पाइरहनुभएको छ ।” 

सोही प्रकारले वडा नम्बर–५ जमुनाहमा रहेको मदरसा गौसुलवरा जामिया अहिले सुन्नतमा अनुगमन टोली पुग्दा प्रधानाध्यापक नै अनुपस्थित थिए भने शिक्षकहरूको हाजिरी रजिस्टर माग्दा आफूहरूलाई थाहा नभएको शिक्षकले जवाफ दिएका थिए । संयोजक मौर्यले हाजिरी रजिस्टर दिन दबाब दिएपछि मात्र शिक्षकले हाजिरी रजिस्टर देखाएको र सो हाजिरी रजिस्टरमा कुनै पनि शिक्षकले वैशाख महिनामा हाजिरीकापी खाली रहेको पाइएको छ । 

अनुगमन टोलीका अनुसार यस्तै बेतिथि वडा नम्बर–४ जमुनाहमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा पनि देखिएको छ । संयोजक मौर्यले अनुगमनका व्रmममा उक्त विद्यालयमा पनि प्रधानाध्यापक नभेटिएको र कुनै पनि कक्षाकोठामा शिक्षक उपस्थित रहेको नपाइएको बताउनुभयो । 

पहिलो पटक अनुगमन गर्दा यतिसम्मको समस्या देखिएको बताउँदै उहाँले आगामी दिनमा थप अनुगमन गरिने जानकारी दिनुभयो । 

गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद साहले आफूले शिक्षाका लागि सुरुदेखि नै विशेष जोड दिँदै आएकामा अहिले अवस्था यस्तो गम्भीर देखिएकाले विद्यालय नपुग्ने शिक्षकलाई कडा कारबाही गरिने बताउनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर