नेभिगेसन मेनु

अफिम खेती गर्ने एक जना पक्राउ
सम्पादक:南亚网络电视
समय:2023-04-12 12:59

pakrau

अफिम खेती गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी निरीक्षक कृष्णबहादुर खत्रीले भूमे गाउँपालिका–९ दुधे पोखराका सोही ठाउँमै अफिम खेती गर्ने ४४ वर्षीय कर्णबहादुर पुनलाई पक्राउ गरिएकोे जानकारी दिनुभयो ।

प्रहरी गस्ती जाने क्रममा दुधे पोखरास्थित करिब एक रोपनी जग्गामा अवैध लागूऔषध अफिम खेती गर्दै अफिमको चोप निकाल्दै गरेको अवस्थामा पुनलाई फेला पारिएको प्रवक्ता खत्रीले बताउनुभयो ।

सोमबार पक्राउ परेका पुनलाई मङ्गलबार जिल्ला अदालतमा पेश गरी पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको खत्रीको भनाइ छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर