नेभिगेसन मेनु

पाँच सय ३० रोपनीमा लगाइएको अफिम नष्ट
सम्पादक:南亚网络电视
समय:2023-05-01 15:54

1

रुकुमपूर्व, वैशाख १८ गते । रुकुमपूर्व र रोल्पाका विभिन्न क्षेत्रमा गरी पाँच सय तीस रोपनी क्षेत्रफलमा लगाइएको अवैध लागु औषध अफिम प्रहरीले नष्ट गरेको छ । यसै सातामा रोल्पामा तीन सय २० र रुकुमपूर्वमा दुई सय १० गरी प्रहरीले पाँच सय ३० रोपनी क्षेत्रफलमा लगाइएको अफिम नष्ट गरेको हो । 

रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाका विभिन्न क्षेत्रमा लगाइएको दुई सय १० रोपनी क्षेत्रफलमा लगाइएको अफिम नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रवक्ता एवम् प्रहरी निरीक्षक कृष्णबहादुर खत्रीले जानकारी दिनुभयो । 

यसैगरी रोल्पामा पनि प्रहरीले ठूलो परिमाणमा अवैध लागु औषध अफिम खेती नष्ट गरेको छ । उत्तरपूर्वी रोल्पास्थित थबाङ गाउँपालिका–४ र ५ उवाका करिब आधा दर्जन गाउँ र जङ्गलमा लगाइएको अफिम खेती चार दिन लगाएर तीन सय २० रोपनी क्षेत्रफलमा लगाइएको अफिम नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । 

ठूलो मात्रामा लगाइएको अफिम खेतीबारे गहिरो अनुसन्धान गरिरहेको जिल्ला प्रहरी रोल्पाका प्रहरी नायव उपरीक्षक श्याम सारुमगरले बताउनुभयो । 

अफिम खेती गर्ने र जग्गा धनीको नाम खुल्न आएमा लागु औषध नियन्त्रण ऐन अनुसार कारबाही हुने प्रहरीले जनाएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर