नेभिगेसन मेनु

'सिकलसेल एनिमिया' नियन्त्रणमा सक्रिय कोहलपुर नगरपालिका
सम्पादक:南亚网络电视
समय:2023-04-09 16:45

1

नेपालगञ्ज, चैत २६ गते । पश्चिम नेपालको बाँके र वर्दिया लगायतका थारु समुदायमा सिकलसेल एनिमिया नियन्त्रणका लागि कोहलपुर नगरपालिकाले विभिन्न योजना बनाएर कार्यान्वयन सुरु गरेको छ । सिकलसेल एनिमिया नियन्त्रणका लागि कोहलपुर नगरपालिकाले गर्भवती र नौ महिनाका बालबालिकाको अनिवार्य सिकलसेल जाँच गर्न सुरु गरेको हो ।

“वंशाणुगत यो रोगको समयमै पहिचान गरी त्यसको नियन्त्रणका लागि गर्भवती र नौ महिनाका बालबालिकामा रगत परीक्षण गरेर सिकलसेल जाँच गर्न सुरु गरिएको हो,” कोहलपुरका मेयर पुर्ण प्रसाद आयार्चले भन्नुभयो । उहाँले कोहलपुर नगरपालिकामा थारु समुदायसँगै अन्य समुदायमासमेत सिकलसेल एनिमिया देखा परेकोले सिकलसेलको चेन ब्रेक गर्नका लागि गर्भवती र नौ महिनाका बालबालिकामा सिकलसेल जाँच अनिवार्य गरिएको बताउनुभयो । 

सिकलसेल एनिमिया प्रयोगशालाका ल्याव प्रमुख शिव गौतमका अनुसार नौ महिनामा दादुरा खोप लगाएपछि बालबालिकाको सिकलसेल जाँच गरिने छ भने गर्भवतीको हकमा भने गर्भ रहेको ६–७ महिनामा सिकलसेल जाँच अनिवार्य गर्नेगरी पालिकाका १५ वटै वडामा अभियान सुरु गरिएको छ ।

समुदायमा सचेतना बढेसँगै पहिलेको तुलनामा अहिले सिकलसेल परिक्षण दर पनि वृद्धि भएको ल्याव प्रमुख गौतमले बताउनुभयो । उहाँका अनुसार अहिले दैनिक रुपमा प्रयोगशालामा आएर थारु समुदाय तथा अन्य समुदायहरुले पनि सिकलसेल जाँच गर्नेक्रम बढेको छ । 

सिकलसेल तथा थालेसेमिया रोग नियन्त्रणका लागि विज्ञ मानिनुहुने भेरी अस्पताल नेपालगञ्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डेले आफै खटिएर सो नियन्त्रणका लागि जनेचतनामुलक कार्यक्रमको नेतृत्व गर्दै आउनुभएको छ ।

डा.पाण्डेकै पहलमा कोहलपुर नगरपालिकाले सिकलसेल तथा थालेसेमिया रोग नियन्त्रणका लागि गर्भवती तथा नौ महिनाका बालबालिकाको सिकलसेल परीक्षण अनिवार्य गरेको हो । 

विवाहपूर्व रगत जाँच गरेर मात्रै विवाह गर्ने, नौ महिनाको बच्चालाई दादुराको खोप लगाउन आउँदा हेमोग्लोविन जाँच गर्ने, गर्भवती महिलाको पनि हेमोग्लोविन जाँच गरि सबैको रेकर्ड राखेर काम गर्दा मात्र सिकलसेल र थालेसिमिया रोग नियन्त्रण गर्न सकिने चिकित्सकहरुको भनाइ छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर