नेभिगेसन मेनु

बढ्दै औलोको जोखिम
सम्पादक:南亚网络电视
समय:2023-04-26 13:20

dengu_20190613015856

वैशाख १३ गते ।  पछिल्ला वर्षमा औलोका बिरामी भेटिने दर बढ्दै गएको छ। अघिल्लो वर्ष र यो वर्षमा तीन/तीन जना औलोका बिरामी भेटिएका छन्। जिल्लामा प्रत्येक वर्ष औलोका बिरामी भेटिनेको सङ्ख्या थोरै भए पनि औलोको जोखिम भने उच्च रहेको छ। स्वास्थ्य कार्यालय प्युठानका वरिष्ठ जनस्वास्थ्य अधिकृत हेमराज पाण्डेले स्थानीय व्यक्तिमा भन्दा बाहिरबाट आउने व्यक्तिबाट औलो सर्ने गरेको बताउनुहुन्छ। स्वास्थ्य कार्यालयले अहिले औलोको परीक्षणलाई बढाएको जनाएको छ।  सबै स्वास्थ्य चौकीमा औलो जाँच गर्ने किट उपलब्ध भएको पाण्डेले बताउनुभयो। अघिल्लो वर्ष एक हजार १५२ जना र यो आर्थिक वर्ष ६६९ जना शङ्कास्पद बिरामीलाई औलो परीक्षण गरिएको कार्यालयको तथ्याङ्क छ।

यो आर्थिक वर्षमा लुम्बिनी प्रदेशमा सबैभन्दा बढी औलोका बिरामी भेटिएका छन्। एनोफेलिज जातको पोथी लामखुट्टेबाट सर्ने भएकाले लामखुट्टेको टोकाइबाट बच्नुपर्ने पाण्डेको सुझाव छ। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर