नेभिगेसन मेनु

बढी रेमिट्यान्स भित्र्याउने बैंकका रूपमा नेपाल एसबिआई सम्मानित
सम्पादक:南亚网络电视
समय:2023-05-02 15:48

icc2023-05-02-11-47-36

नेपाल एसबिआई बैंक लिमिटेडले रेमिट्यान्सको आप्रवाह विधातर्फ उल्लेखनीय योगदान गरेकोमा सम्मानित भएको छ । नेपाल राष्ट्र बैंकको ६८औँ वार्षिक उत्सव समारोहको अवसर पारेर आयोजना गरिएको विशेष कार्यक्रममा नेपाल एसबिआई बैंकलाई सम्मान गरिएको हो । 

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका प्रमुख कार्यकारी अधिकृत दीपककुमार देलाई प्रशंसा प्रदान गरेका थिए ।

आर्थिक वर्ष ०७८/७९ भित्र बैंक तथा वित्तीय संस्थाहरूमध्ये नेपाल एसबिआई बैंकले बढी विप्रेषण भित्र्याउने कार्यमा उल्लेखनीय योगदान गरेकोमा उक्त सम्मान प्रदान गरिएको हो । बैंकले हाल देशभरमा ९३ शाखा, २२ एक्सटेन्सन काउन्टर, सात प्रादेशिक कार्यालय तथा एक कर्पोरेट अफिसका साथै एक सय ३० एटिएममार्फत सेवा दिइरहेको जनाएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर