नेभिगेसन मेनु

भन्सार अधिकारीलाई अर्थमन्त्रीको निर्देशन- नतिजा देखिनेगरी काम गर्नुहोस्
सम्पादक:南亚网络电视
समय:2023-04-10 15:29

Dr-Mahat_iZnLd6JXy6

अर्थमन्त्री डा. प्रकाशशरण महतले नतिजा देखिने गरी काम गर्न भन्सारका अधिकारीलाई निर्देशन दिएका छन्। भन्सार विभागले सोमबार आयोजित भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै अर्थमन्त्रीले आफ्नो जिम्मेवारीलाई उच्च प्राथमिकता दिन निर्देशन दिएका हुन्।

उनले भने,'आयात निर्यातमा संलग्न व्यवसायीलाई अनावश्यक दुःख दिने भनेको होइन,जायज कुराहरू के हुन् तपाईंहरुलाई नै थाहा छ, तर कार्यान्वयन भइरहेको छैन,म यहाँहरूलाई त्यतातर्फ ध्यानाकर्षण गराउन चाहन्छु ।'

आफ्नो नेतृत्वमा अर्थ मन्त्रालय पारदर्शी ढङ्गबाट काम गर्न लागिपरेको उल्लेख गर्दै अर्थमन्त्री महतले जिम्मेवार पदाधिकारीलाई गम्भीर भएर काम गर्न निर्देशित दिए।

'जवाफदेही र जिम्मेवार बनाउने परम्पराको हामी सुरुआत गरौं,'उनले भने ।' धेरै कारणबाट राजस्व घटेको र राजस्व घट्नुमा भन्सारको सम्पूर्ण दोष नरहेको भन्दै उनले राजस्व चुहावट रोक्न सुरक्षा निकायसँग पनि गम्भीर छलफल गरिएको जानकारी दिए । उनले दुवै सुरक्षा निकाय र भन्सार कर्मचारीको समन्वयमा निगरानी गर्न आग्रह गरे।

“धेरै भन्सार नाकाबाट राजस्व सङ्कलन घटेको छ । ती नाकाबाट पनि राजस्व चुहावट भएको खबर छ । भैरहवा,वीरगञ्ज, रसुवा नाकामा पनि त्यस्तै अवस्था छ । यसलाई गम्भीर ढङ्गबाट लिनुहोला,'मन्त्री महतले भने।

साधारण खर्च धान्न नसक्ने गरी आय घट्नु दुर्भाग्यपूर्ण भएको उल्लेख गर्दै उनले अहिलेको अवस्थालाई राजनीतिक नेतृत्वले उच्च महत्व दिएको बताए । उनले भने, 'राजनीतिक नेतृत्व यसमा गम्भीर छ । यो गम्भीरतालाई मध्यनजर राखेर जहाँजहाँ समस्या छन् ती समस्यालाई समाधान गर्न हाम्रोतर्फबाट कुनै कसर बाँकी राखिने छैन ।'

उद्योगी व्यवयायीलाई अनावश्यक झन्झट, पीरमर्का परिरहेकाप्रति आफूहरू संवेदनशील रहेको भन्दै मन्त्री डा. महतले यस विषयमा भन्सारका अधिकारीले पनि ध्यान दिनुपर्ने बताए।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर