चितवन २ को मतगणना १ बजेबाट सुरु हुने भएको छ। आज बिहान ९ बजे बसेको सर्वदीय बैठकमा मतगणना १ बजेबाठ सुरु गर्ने सहमति भएको हो।
एमाले र कांग्रेसका उम्मेदवारले भने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उम्मेदवार रवि लामिछानेले निर्वाचन आचारसंहिता मिचेको र प्रशासनले त्यसमा साथ दिएको भन्दै असन्तुष्टि जनाएका छन्।
मतगणनास्थलवरपर सुरक्षा व्यवस्था कडा पारिएको छ। सर्वसाधारणलाई हिँड्न समेत रोक लगाइएको छ।