नेभिगेसन मेनु

पहिलो प्रयासमै हिट कुशुम : यसरी भइन् सकम्बरी
सम्पादक:南亚网络电视
समय:2023-04-18 18:17

maxresdefault

दर्जनौँ म्युजिक भिडियो अभिनय, सोही हाराहारी मिडिया अन्तर्वार्तामा छाउँदा पनि हिट नहुने थुप्रै व्यक्ति छन्, नेपाली कलाक्षेत्रमा । उनी भने एक म्युजिक भिडियोबाट रातारात चर्चित भएकी छन् । फेसबुक, टिकटकलगायत सामाजिक सञ्जालको चारैतिर छाएकी छन् । सानादेखि ठुला मिडियासम्मले उनलाई फलो गर्न थालेका छन् । उनको अन्तर्वार्ता राखेर च्यानल हिट पार्ने र डलर झर्ने दाउमा युट्युबरसमेत पछि लागेका छन् । उनले अन्तर्वार्ता केमा दिने, केमा नदिने सोच्न सकेकी छैनन् । अन्तर्वार्ताका लागि आउने धेरै फोनलाई ‘अहिले बाहिर छु, पछि कुरा गर्छु नि’ भन्दै टार्नुपर्ने बाध्यता उनको छ । उनी अर्थात् कुशुम शर्मा (सकम्बरी– फूलमाया)

यतिबेला नेपाली सङ्गीतिक क्षेत्रमा ‘सकम्बरी’ (फूलमाया) बोलको एउटा गीतले तहल्का पिटेको छ । वर्ष २०८० को पहिलो दिन अर्थात् वैशाख १ गते सार्वजनिक गीत चर्चित गायक प्रकाश सपुतले ल्याएका हुन् । गीतको चर्चा एकतिर छ, भने अर्काेतिर युट्युबमा ट्रेन्डिङ हुँदै दैनिक एक मिलियन दर्शक बढ्दो छ । सम्भवतः नेपालमा यति छिटो धेरै भ्युज पाउने यो पहिलो गीत हो ।

गीतको चर्चाको कारण शब्द, सङ्गीत र स्वरको अलवा भिडियोसमेत बनेको छ । सपुतकै निर्देशन रहेको भिडियोमा एउटी निर्दोष ‘सकम्बरी’ (फूलमाया) केटीलाई कसरी मानिसले नचाहँदा नचाहँदै गलत बाटोमा पुर्‍याइदिन्छन् भन्ने कथा बुनिएको छ ।

भिडियोमा सकम्बरी (फूलमाया)को भूमिका छिन् उनी (कुशुम) । आफू अहिले सकम्बरी फूलमाया परिचयले चिनिएकी उनी बताउँछिन् । ‘गीत सार्वजनिक भएदेखि नै मलाई सबैले सकम्बरी भनेर चर्चा गरिरहेका छन्’, उनले भनिन् ‘अहिले नाम ओझेलमा छ ।’ अभिनयबाट सकारात्मक प्रतिक्रिया आइरहेको उनी सुनाउँछिन् । थपिन्, ‘अभिनयको समय गीत यतिको हिट हुन्छ भनेर सोचेकै थिइन् । त्यो हिसाबले पनि बढी खुसी छु ।’

फेसबुकले दियो अवसर

कुशुमले म्युजिक भिडियोमा अभिनयको अवसर प्रकाशका भाइ सुनिलमार्फत हात पारेकी हुन् । सुनिल र उनी फेसबुक फ्रेन्डका रूपमा केही वर्ष अगाडि जोडिएका थिए । म्यासेन्जरमा कहिलेकाहिँ कुरा गर्थे । उनी फेसबुको स्टोरीमा आफ्नो भिडियो तथा फोटो अपलोड गरिरहन्छिन् । उनले अपलोड गरेको फोटो तथा भिडियोमा सुनिल लाइक कमेन्ट गर्थे । सुनिल दाइको यो गीतको भिडियोका लागि उपयुक्त पात्रको खोजीमा थिए । उनले फेसबुकमा पछिल्लो समय हालेको एक भिडियो सुनिलको नजर गयो । ‘सुनिलले भिडियोका क्यारेक्टर मिल्छ भन्दै अभिनय अफर गर्नुभयो,’ उनले भनिन्, ‘भेटेर भिडियोको स्क्रिप्ट हेरेँ, आफ्नो पर्सनालिटीसँग म्याच हुने देखेर अभिनय अफर स्वीकारेँ ।’

298805724_742673637029216_6119406691342556524_n (1)

कहिल्यै भिडियो अभिनय नगरेकी उनलाई सुनिलको अफरले असहज महसुस पनि भएन । किनभने म्युजिक भिडियो अभिनय चान्स पाए केही गर्थें भन्ने उनका थियो । त्यसैले उनी अवसरको खोजीमा थिइन् । ‘अफर मिल्दा धेरै एक्साइटेट थिएँ । दायाँ बायाँ केही नसोची अभिनयमा होमिएँ’ उनले थपिन् ।

भिडियो सार्वजनिक भयो तर भिडियोका कारण परिवारबाट उनलाई सुरुमा टर्चर भयो । कस्तो भिडियो अभिनय गरेको, किन गरेको लगायत अनेक प्रश्न उनीमाथि बर्सिए । गीतको चर्चा र अभिनयको प्रशंसासँगै परिवारले अभिनय बिस्तारै स्वीकारेको पनि उनले सुनाइन् ।

‘जीवनमा पहिलो पटक भिडियो अभिनय गरेको थिएँ । त्यो नै हिट भयो’, उनले खुसी साटिन्, ‘सबैले भिडियोको ‘सकम्बरी–फूलमाया’ नामबाट चिन्नुहुन्छ । प्यारी सकम्बरी, सकम्बरीले मनै जिती भनेर प्रतिक्रिया दिनुहुन्छ ।’ अभिनयको सकारात्मक प्रतिक्रियाले साँच्चै नै राम्रो काम गरेँछु भन्ने लागेको उनले सुनाइन् ।

यो पनि प्रकाश सपुतको गीतको चर्चासँगै आलोचना सुरुप्रकाश सपुतको गीतको चर्चासँगै आलोचना सुरु

भिडियोमा उनको अलवा लिजेन्ड कलाकार सुनीलकुमार थापा, प्रकाश सपुतलगायत धेरैको अभिनय छ । नोटिसमा भने उनी मात्र परेकी छन् । तीन दिन, तीन रात लगाएर सुटिङ गरिएको भिडियोका दृश्य देख्दा उनलाई अभिनय पक्कै सहज नभएको अनुमान गर्न सकिन्छ । रमाइलो रमाइलोमै सुटिङ सकिएको पत्तै नभएको उनी बताउँछिन् । 

‘सकम्बरी’ले ढोका खोल्यो

सानैदेखि म्युजिक भिडियो अभिनय सपना सँगालेकी उनी गाउँघर र स्कुलका साङ्गीतिक कार्यक्रममा नाच्ने, गाउने गर्थिन् । त्यसैले म्युजिक भिडियो अभिनय अवसर पाए गर्छु भन्ने उनको मनमा पहिलेदेखि नै थियो । अभिनयको औपचारिक ज्ञान कतै लिन भ्याएकी पनि थिइनन् । ‘‘सकम्बरी’ले मलाई अभिनयको ढोका खालिदियो । अब लगातर अभिनय गर्छु,’ उनले सोच सुनाइन् ।

भिडियोको चर्चा चुलिँदै जाँदा विवादसमेत बढ्दो छ । कतिले भिडियोमा नारीलाई नराम्रो देखाएको आरोप लगाएका छन् त कतिले कला क्षेत्रलाई खराब देखाएको भन्दै आलोचना गरिरहेका छन् । 

भिडियोले कसैलाई नराम्रो नदेखाएको उनको दाबी छ । एउटा निर्दोष नारी कसरी मानिसहरूको चङ्गुलबाट नचाहँदा नचाहँदै गलत बाटोमा पुग्छिन् भन्ने देखाएको छ । 

भिडियोमा उनी विभिन्न व्यक्तिको सिकार भएको देखाइएको छ । 

sakambari-1

त्यो अभिनय अप्ठ्यारो भएन ?

‘भिडियोमा देखिएको व्यक्ति म होइन, फूलामाया हो । भिडियोमार्फत फूलमायाको पीडा देखाइएको हो । त्यसैले खासै अब्ठ्यारो लागेन’, उनले अगाडि भनिन्, ‘अभिनय अगाडि पनि भिडियोको जस्तो कथा सामाजिक सञ्जालमा सुनेको र मिडियाबाट पढेकी थिएँ । त्यसैले अभिनयमार्फत जीवन्त बनाउन सकेँ ।’ रेस्टुरेन्टमा काम गर्ने दिदीबहिनीलाई कति धेरै ह्यारेस्मेन्ट हुन्छ र एजेन्टले कसरी फसाउँछन् भनेर भिडियोले प्रस्तुत गरेको उनी बताउँछिन् । भनिन्, ‘कलाक्षेत्रमा काम गर्नेका लागि नराम्रो देखाउन खोजिएको होइन । विवादको औचित्य छैन ।’

फिल्म पनि खेल्छु

‘सकम्बरी’को सफलतापछि अहिले उनको अभिनयमा मोह झन् बढेको छ । म्युजिक भिडियो मात्र होइन, अब फिल्म अभिनयसमेत गर्ने उनको सोच छ । 

‘भाग्यले कहाँ पुर्‍याउँछ भन्न सक्दिनँ । फिल्म अवसर आए मिस गर्दिनँ’, उनले अगाडि थपिन्, ‘म्युजिक भिडियो अभिनयले धेरैको मन छोयो । फिल्मको अफर अवश्य मिल्छ ।’ फिल्म अभिनय अफर जे आयो त्यो गर्ने  इच्छा होइन उनको । आफूलाई सुहाउने अफर आए, अभिनय गर्ने सोच हो । भनिन्, ‘प्रेमकथा, सामाजिक र अर्ग्यानिक कथाका फिल्म अभिनय गर्छु ।’

फिल्म पनि रुचि राख्ने उनी ‘चिसो मान्छे’, ‘बुलाली’ जस्तो अर्ग्यानिक कथा रुचाउँछिन् । फिल्म क्षेत्रमा अहिले चलेका सबै हिरो हिरोइन रुचाउने उनको फेबरेट अभिनेत्री स्वस्तिमा खड्का, आँचल शर्मा र पूजा शर्मा हुन् ।

उनलाई अभिनय आउने प्रेरणा अभिनेत्री प्रियङ्का कार्कीबाट मिलेको हो । भन्छिन्, ‘प्रियङ्का बोल्ड छिन् । अमेरिकाबाट पनि नेपालमै केही गर्न सकिन्छ भनेर आउनुभएको छ ।’ प्रियङ्कालाई उनी आफ्नो आइडलसमेत मान्छिन् ।

कलाकारितामा लाग्ने मानिसको अक्सर फेसनमा रुचि पाइन्छ । उनी भने फेसनमा खासै रुचि राख्दिनन् रे । समयअनुसार चलेको फेसन आवश्यकता हेरेर प्रयोग भने उनले गर्ने गरेकी छन् । उनलाई सुहाउने पहिरन सारी भए पनि मन पर्नेमा पोसाक भने सारी र वान पिस हो । 

घुमघाममा पनि एकदमै रुचि भएकी उनी प्रकृति प्रेमी हुन् । खानामा भने आफ्नो खासै रुचि नभएको उनले बताइन् । 

aa (1)

आमाको उपचारमा नर्स

पेसाले नर्स उनी दुम्कीबास नगरपालिका, नवलपरासीकी स्थायी बासिन्दा हुन् । बाबुआमा, दाजु भाउजू, बहिनी गरेर उनको परिवारमा ६ सदस्य छन् । 

परिवारका सदस्य सबै गाउँमा भए पनि उनी काठमाडौँमा छिन् । चितवनको कालिका मेडिकल एन्ड टेक्निकल इन्स्ट्युटबाट नर्सिङ अध्ययन सकाएकी उनी थप अध्ययनका लागि गत असारदेखि काठमाडौँमा बस्दै आएकी हुन् ।

नर्सिङमा उनको सानैदेखि रुचि भने थिएन । तीन वर्षअगाडि कोरोनाको लकडाउनमा उनकी आमा धेरै बिरामी भएकी थिइन् । आमा बिरामी हुँदा उनले केही गर्न सकिनन् । लकडाउन भएकाले सजिलै स्वास्थ्य सेवा उपलब्ध पनि भएन ।

२४ घण्टा नबित्दै प्रकाश सपूतको गीत युटयुव ट्रेन्डिङको शीर्ष स्थानमा२४ घण्टा नबित्दै प्रकाश सपूतको गीत युटयुव ट्रेन्डिङको शीर्ष स्थानमा

‘आफूले केही नजानेका कारण आमा बिरामी हुँदा केही गर्न नसकेकाले नराम्रो लाग्यो’, नर्स पढ्नुको उनले कारण खोलिन्, ‘त्यही बेलादेखि नर्सिङ पढ्छु भन्ने भयो र पढेँ ।’ नर्सिङबाट आफन्तलगायत अन्य बिरामको सेवा गर्ने उनको उद्देश्य हो । 

हुन त अहिले नेपालमा नर्सिङको केही स्कोप छैन । त्यो उनले पनि बुझेकी छन् । त्यसैले उनी विदेश जाने तरखरमा पनि गर्दै थिइन् । विदेशमा पढेर फर्किएर नेपालमा आफ्नो पेसा र अभिनयमा केही गर्ने उनको सोच थियो । यही समय उनलाई भिडियो अफर आयो ।

‘विदेश नजाँदै अभिनयले हिट बनायो,’ उनले अबको सोच राखिन्, ‘अब केही समय यही अभिनय हेर्ने हो ।’ कलाकारितामा राम्रो भयो भने ठिकै छ नत्र भने फेरि विदेश उड्ने उनले बताइन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर