नेभिगेसन मेनु

फ्रेन्ड्सलाई हराउँदै मनाङ शीर्ष स्थानमा, जावलाखेल र खुमलटारले अंक बाँडे
सम्पादक:南亚网络电视
समय:2023-04-08 15:26

MMC new 20791680864444

सहिद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लब शीर्ष स्थानमा उक्लिएको छ।

मनाङले शुक्रबार भएको खेलमा फ्रेन्ड्स क्लबमाथि २-० गोलको जित निकाल्दै शीर्ष स्थानमा पुगेको हो।

मनाङको जितमा कोफी कोउडोले दुई गोल गरे। उनले खेलको ३३ र ५२ मिनेटमा गोल गरेका थिए।

जितसँगै मनाङले १४ अंक जोडेको छ। १२औं स्थानको फ्रेन्ड्सको भने ४ अंक छ। 

यता अर्को खेलमा जावलाखेल युथ क्लब र एफसी खुमलटारले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।

खेलको ३३ मिनेटमा एनकोटो मासोबीको गोलबाट जावलाखेलले अग्रता लियो। दुई मिनेटमै खुमलटारले बराबरी गोल फर्कायो। उसका लागि अभिषेक लिम्बूले ३५ मिनेटमा बराबरी गोल गरे। 

६३ मिनेटमा मेसाउकेले ६३ मिनेटमा गोल गर्दै खुलमटारलाई अग्रता दिलाए। ८६ मिनेटमा फोडे फोफनाले बराबरी गोल गरे।

बराबरीसँगै जावलाखेलले ७ खेलबाट १४ अंक जोडेको छ। मनाङसँग बराबरी अंक भए पनि गोलअन्तरमा पछि परेको जावलाखेल अंक तालिकामा दोस्रो स्थानमा झरेको छ। खुलमटार ७ अंक जोड्दै नवौं स्थानमा उक्लिएको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर