नेभिगेसन मेनु

पातको टपरी बनाउने प्रतिस्पर्धा
सम्पादक:南亚网络电视
समय:2023-04-07 14:02

Tapari-TPJ-(3)

ताप्लेजुङमा बिहीबार परम्परागत टपरी बनाउने प्रतिस्पर्धा भएको छ । दोस्रो ताप्लेजुङ औद्योगिक कृषि तथा पर्यटन मेला साथै प्रदेशस्तरीय अर्ग्यानिक महोत्सवको अवसरमा पातको टपरी बनाउने प्रतिस्पर्धा गराइएको हो । 

साल, कटुस, काठे बरलगायतको पातबाट सहभागीले परम्परागत टपरी बनाउने प्रतिस्पर्धा गरेका थिए । प्रतिस्पर्धामा करिब ५० जनाले सहभागिता जनाएका महोत्सव आयोजक संस्था नेपाल घरेलु तथा साना उद्योग महासङ्घ ताप्लेजुङका अध्यक्ष राजेन्द्र भारतीले जानकारी दिनुभयो । भारतीका अनुसार टपरी बनाउने प्रतिस्पर्धामा केही पुरुषले पनि सहभागी भएका थिए ।

परम्परागत सीपको प्रवर्द्धन गर्ने र नयाँ पुस्तालाई यसबारे ज्ञान प्रदान गर्ने उद्देश्यसहित टपरी बनाउने प्रतिस्पर्धा गराएको उद्योग महासङ्घका जिल्ला सचिव हर्कराज गुरुङले जानकारी दिनुभयो । पातबाट निर्माण गरिने परम्परागत टपरी बनाउँदा पातको सङ्ख्या, पात जोड्दा प्रयोग गरिने पिन बाँसको (च्यास्का) आदिबारे ज्ञान हुन जरुर रहेको अग्रजहरू बताउँछन् । 

प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले टपरी बनाएर (गाँसेर) प्रतियोगिताको शुभारम्भ (उद्घाटन) गर्नुभएको थियो । आयोजक संस्थाका सचिव गुरुङका अनुसार टपरी बनाउने प्रतिस्पर्धामा उत्कृष्ट हुनेलाई उचित पुरस्कारको व्यवस्था गरिएको छ । 

उद्यम व्यवसाय तथा घरेलु उत्पादनको प्रवर्द्धन गरी पर्यटन विकासमा टेवा पुर्‍याउने उद्देश्यसहित नेपाल घरेलु तथा साना उद्योग महासङ्घ ताप्लेजुङले मेला तथा महोत्सवको आयोजना गरेको हो । सदरमुकाम फुङ्लिङमा मङ्गलबार सुरु भएको पाँच दिने मेला तथा महोत्सव शनिबार सम्पन्न हुनेछ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर