नेभिगेसन मेनु

हराउँदै वरपीपल रोप्ने प्रचलन
सम्पादक:南亚网络电视
समय:2023-04-06 15:45

sdfhsth

धनकुटाको चौबिसे गाउँपालिका वडा नम्बर ५ बज्र माईका कुलबहादुर बस्नेतले करिब चार दशक अघि बुवा आमाको बर पिपल रोप्नु भयो । पितृ पार तर्ने तथा रोप्ने लाई धर्म हुने सुनेको कारण बर पिपल रोपेको बताउनु हुन्छ । त्यस्तै आवतजावत गर्ने बटुवालाई बर पिपलमा बसेर शीतल ताप्न चौतारी समेत निर्माण गरिदिनु भयो । “पितृ पार तर्ने र रोप्नेलाई धर्म हुने सुनेकोले बुवा आमा लगायत पितृको नाममा परिवारका सबै सदस्य मिलेर वरपीपल रोप्यौ” उहाँ भन्नु हुन्छ । त्यो बेलासम्म सार्वजनिक  स्थानमा वरपीपल रोप्ने प्रचलन बढी रहेको उहाँ बताउनु हुन्छ । त्यस यता भने गाउँमा वरपीपल रोप्ने प्रचलन घट्दै गएको उहाँको भनाई छ । बढ्दो आधुनिकता, सहरीकरण र यातायातको विस्तारले वरपीपल रोप्ने परम्परा हराउँदै गएको हो ।

बज्र माईमा मात्रै हैन पछिल्लो सबै तिर समय वरपीपल रोप्ने प्रचलन सबै तिर हराउँदै गएको छ ।  हिन्दु धर्म संस्कार अनुसार वरपीपल रोप्नुलाई निकै राम्रो र फलिफाप हुने मानिन्छ । तर आधुनिकता सँगै पछिल्लो समय वरपीपल रोप्ने प्रचलन समेत हराउँदै गएको छ ।  नेपालमा धेरै पहिलेदेखि मृतकका आफन्तले मृतकको सम्झनामा वरपीपल रोपेर चौतारा र पाटी पौवा निर्माण गर्न थालेको पाइन्छ । बटुवा आएर भारी बिसाउँदा र आराम गर्दा मृतकको आत्माले शान्ति पाउने र स्मरण समेत हुने भएकाले बर पिपलका बिरुवा रोपी चौतारा बनाउने चलन रही आएको बुढापाका बताउँछन् । “त्यो बेला यातायातका साधन चल्दैन थिए । हिँडेरै यात्रा गर्नुपथ्यो । हिँड्ने बटुवालाई समेत छहारी हुने गरी वरपीपल रोप्ने प्रचलन थियो” सोही स्थानका ७८ वर्षीय लोकेन्द्र भण्डारी बताउनु हुन्छ । अहिले त खै रोपेको नै देखिँदैन भण्डारी थप्नु हुन्छ । पिपललाई विष्णुको रूपमा समेत पूजा गरिने भएका कारणले गर्दा पनि पहिले वरपीपल रोप्ने गरेको बुढापाकाको भनाई छ ।

चौतारा गर्मी याममा आराम गर्न, गाउँमा हुने सभा बैठक आयोजना गर्न, बटुवाले बास बस्न प्रयोग गर्न महत्त्वपूर्ण मानिन्थ्यो । पछिल्लो समय प्रयोगमा आउन छाडेकै कारण पनि धर्म र संस्कृतिसँग जोडिएको वरपीपल रोप्ने र चौतारा बनाउने चलन लोप हुँदै गएको हो । बर पिपलको धार्मिक महत्त्व मात्र नभई वातावरणीय महत्त्व समेत बढी रहेको बताइन्छ । बर पिपलले कार्बनडाई अक्साइड बढी लिएर अक्सिजन बढी दिने भएकाले समेत यसको महत्त्व रहेको डिभिजन बन कार्यालय धनकुटाका निमित्त प्रमुख पटक बहादुर थापाले जानकारी दिनुभयो । यो अन्य बोटबिरुवा भन्दा बढी बाच्ने र बढी छहारी दिने बोट बिरुवामा समेत पर्छ । उहाँ भन्नु हुन्छ “वातावरणीय महत्त्वको आधारमा त बर पिपलको महत्त्व पहिले भन्दा अहिले बढी छ ।”

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर