नेभिगेसन मेनु

बार्सिलोनालाई हराएर रियल कोपा डेल रेको फाइनलमा
सम्पादक:南亚网络电视
समय:2023-04-06 14:20

thumb (4)

रियल म्याड्रिडले बार्सिलोनामाथि ४–० को जित रच्दै बुधबार कोपा डेल रेको फाइनल यात्रा तय गरेको छ । सेमिफाइनल दोस्रो लेगमा रियलका लागि करिम बेन्जेमाले दोस्रो हाफमा ह्याट्रिक गरे ।

रियलले भिनिसियस जुनियरको गोलले अग्रता लिएको थियो । पहिलो लेगमा बार्सिलोना १–० ले अगाडि रहेको स्थितिमा रियलले समग्रमा ४–१ को निर्णायक अग्रता लिएको छ ।

आफ्नै घरेलु मैदान नु क्याम्पमा बेहोरको हार बार्सिलोनालाई ठूलो धक्काका रूपमा रहेको छ । कार्लो एन्सेलोटीको रियलले अब फाइनलमा ओसासुनाको सामना गर्नेछ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर